चिनियाँ नेताले व्यापार वार्ताका आधारहरु भंग गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप

Advertisement

अमेरीका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरीका र चीनबीचको व्यापार वार्ता पूर्व सन्ध्यामा चिनियाँ नेताले व्यापार वार्ताका आधारहरु भंग गरेको आरोप लगाएका छन् । दुई देशबीचको व्यपार सम्बन्धमा तनाव आइरहेका बेला दुई देशबीच आज अमेरिकामा व्यापार वार्ता हुँदैछ । वार्ता चुस्त रुपमा अघि नबढ्नुमा चीन नै दोषी रहेकोे ट्रम्पको आरोप छ ।

अमेरिका र चीनबिच व्यायार युद्ध चलिरहेको छ । यो समस्या समाधानका लागि वार्ता गर्ने भनिए पनि त्यसका लागि सहज वातावरण बनिरहेको छैन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गएको शुक्रवार चिनियाँ सामानमा लाग्दै आएको कर दोब्बर बनाउने बताएका थिए ।अमेरिकाले पुनः चिनियाँ उत्पादनमाथिको कर बढाउने बताएपछि सम्बन्धमा थप तनाव आएको हो ।

चीनले अमेरिकी कदमको उस्तै जवाफ दिने बताएपछि ट्रम्पको भनाइ आएको हो । पछिल्लो एक वर्षदेखि अमेरिका र चीनबीच व्यापार सम्बन्धमा तनाव उत्पन्न भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement