सेयर बजार ओरालै गतिमा, वीरेन्द्र महतोले सानिमा बैंकको साढे ३२ करोड सेयर बेचे

Advertisement

काठमाडौं । बर्षारम्भमा केही सुधार देखिएर पुनः ओरालो लाग्न थालेको सेयर बजारमा बिहीबार पनि सुधार आउन सकेन् । आज सेयर बजार पाँच दशमलव ६४ अंकले घटेर एक हजार २९१ कायम भएको छ ।

बजारमा आज उत्साहजनक कारोबार देखियो । उत्साहजनक देखिनुमा सानिमा बैंकको संस्थापक (प्रोमोटर) सेयरमा भएको ठूलो खरिद बिक्री मुख्य कारण हो । बैंकको ३२ करोड ५० लाख संस्थापक सेयर खरिद बिक्री भएको छ । स्रोतका अनुसार वीरेन्द्र महतोले आफ्नो सेयर कर्मचारी सञ्चय कोषलाई बेचेका हुन् । उनी राष्ट्र बैंकको स्वीकृति लिएर सेयर बिक्री गरेको जानकारी प्राप्त भए पनि बेच्नुको कारण भने खुल्न सकेको छैन् ।

समूहगत कारोबार हेर्दा निर्जीवन र उत्पादनमूलक समूहमा केही सुधार देखिए पनि बाँकी समूहका उपसुचकहरु भने घटेका छन् । बाणिज्य बैंक समूहको उपसुचक शुन्य दशमलव ७१ प्रतिशतले घटेको छ । कारोबारमा सानिमा बैंक पहिलो नम्बरमा छ भने दोस्रो नम्बरमा शिवम् सिमेन्ट रहेको छ र शिवम्को सेयर पाँच करोडभन्दा बढि किनबेच भएको छ ।

आज नाफा गर्नेमा सगरमाथा इन्स्योरेन्सका लगानीकर्ता पहिलो नम्बरमा छन् भने घाटा खानेमा प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement