भीभो एपेक्स स्मार्टफोन २०१९ अब नेपाली बजारमा

Advertisement

काठमाडौं । भीभो नेपालले आफ्नो दोस्रो अवधारणाको स्मार्टफोन भीभो एपेक्स २०१९ नेपालमा ल्याएकोे छ । कम्पनीले पहिलो पटक नेपालमा सूपर यूनिबडि डिजाइनमा रहेको एपेक्स २०१९ लन्च गरेको हो ।

निरन्तर विभिन्न आविश्कारीक प्रविधिहरुको बिकास र बिस्तारमा लागिरहेको कम्पनीले मोबाइल उद्योगमा नै नेतृत्वदायीरुपमा पहिलो पटक इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ्ग टेक्नोलोजी विकास गरेको हो । कम्पनीले हालसम्म १ करोड भन्दा बढि इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ्ग स्मार्टफोनहरु बिक्री गरिसकेको जनाएको छ ।

भीभो एपेक्समा भएको सूपर यूनिबडि डिजाइनले कम्पनीले स्मार्टफोनको डिस्प्लेलाई थप महत्व प्रदान गरेको छ ।कम्पनीले यहि स्मार्टफोनको कन्सेप्टको आधारमा भीभो एक्स २० प्लस, भीभो एक्स२१, भीभो नेक्स, भीभो भी ११, नेक्स ड्यूल डिस्प्ले एडिसन र हालै नेपालमा सार्वजनिक गरिएको भी १५ सिरिजका स्मार्टफोनहरुमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ्ग टेक्नोलोजी प्रयोग गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

भीभो एपेक्समा फूलभ्यू डिस्प्लेको अनुभव प्रदान गर्नको लागि कम्पनीले बडी साउण्डकास्टिंग टेक्नोलोजीको प्रयोग गरेको छ । यसले गर्दा डिस्प्लेको भित्रबाट नै साउण्ड आउँछ र प्रयोगकर्ताहरुलाई भिडियो वा अडियो हेर्दा र सुन्दा उत्कृष्ट अनुभव हुने कम्पनीले जनाएको छ ।

भीभो एपेक्सले चार्जिंङ र डाटा ट्रान्सफरको क्षेत्रमा पनि आश्चार्यजनक परिवर्तन ल्याएको छ । कम्पनीले यसमा म्यागपोर्ट प्रविधि राखेको छ जसले गर्दा कनेक्टरलाई पोर्टको नजिक लग्दा आफैं जोडिने फीचर रहेको छ ।

शक्तिशाली फोनहरुमा पनि देखिने सिमित इन्टरनल स्पेसलाई एपेक्स २०१९ ले नयाँ समाधान दिएको छ । एपेक्स २०१९ मा सबै स्लटहरुलाई हटाउँदा यो ५जी प्रविधिको स्मार्टफोन बनेको छ । तर ५जी मोड्यूलको लागि निकै ठूलो स्पेस आवश्यकता पर्दछ । तर भीभो एपेक्स २०१९ ले यसलाई समाधान गरेर आन्तरिक स्पेसलाई खुला गर्दै यूनिबडी ५जी फोन बनेको छ ।

यो डुप्लेक्स पिसीबी डिजाइनले स्मार्टफोनको २० प्रतिशत स्पेसमा वृद्धि गर्दछ । यो डिजाइनले गर्दा समग्र मोड्यूलको मोटाईमा पनि ३० प्रतिशतले कमी ल्याउन सकिएको जानकारी दिएको छ ।

५जी फोनहरुले ४जी फोनहरुको तुलनामा २ देखि ४ गुणा अधिक पावर उपयोग गर्दछन्, जसले गर्दा फोन तात्ने समस्या देखा पर्दछ । तर, कम्पनीले यस फोनमा लिक्विड कुलिंग टेक्नोलोजी ल्याएर यो समस्या नरहने उल्लेख गरेको छ ।

उच्च क्षमताको विकास गर्न फोनमा अल्मुनियम एलोए फ्रेम र मल्टि लेयर ग्राफिटे हिट रेडिएसन प्लेटको प्रयोग गरेको छ । जतिबेला तापक्रम बढ्छ लिक्विडले हिटलाई समाहित गर्दछ, भने जतिबेला तापक्रम घट्छ वाफ लिक्विडमा परिणत हुन्छ र हिटलाई छोड्छ । यो चक्र निरन्तर आफैं संचालन हुन्छ र फोनलाई तात्नबाट जोगाउँछ ।

एपेक्स २०१९ को भ्यापर चेम्बर यो उद्योगमध्येकै सबैभन्दा ठूलो हो । अन्य सामान्य हिट पाइपहरु भन्दा यसको हिट एरिया ४देखि ६ गुणा अधिक रहेको छ ।

क्वर्ज ह्वाइट कलरले ग्लासको प्राकृतिक पारदर्शितालाई प्रदर्शन गर्दछ । टाइटन सिल्भर र मेटिओर ग्रे कलरले उच्चतहको प्रविधिको अनुभूत गराउँछ । समग्रमा यसको लूक शुद्धता, प्राकृतिक र सामान्य देखिन्छ ।

एपेक्स २०१९ क्वालकम स्न्यापड्रागन ८५५ प्लेटफर्ममा आधारित रहेको छ । जसमा अहिलेसम्मकै उच्च स्तरको र्याम र स्टोरेज रहेको छ । फोनमा १२जीबी र्यामका साथमा २५६ जीबी स्टोरेज रहेको छ । यो यूजरको क्षेत्रबाट हेर्दा ५जी फोनको रुपमा नै रहेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement