तलब नपाएपछि ३ सय नेपालीसहित मलेसियामा हजारौं श्रमिकहरू हड्तालमा

malesiya-worker

मलेसिया । मलेसियाको कापर सेलेङग्ररमा रहेको स्मार्ट ग्लोब करपोरेसन कम्पनीमा कार्यरत ३ सय नेपालीसहित हजारौं श्रमिकहरू हड्तालमा उत्रेका छन् । श्रमिकहरूले समयमा तलब नपाएपछि हड्तालमा उत्रेका हुन् ।

उनीहरूले गएको महिनादेखि तलब नपाएको बताएका छन् । त्यस्तै उनीहरु मध्ये धेरैको भिसा सकिसकेको छ । म्याद सकिसकेको भिसा रिन्यु कम्पनीले नगरिदिंदा आफूहरू समस्यामा परेको पीडितहरूले बताएका छन् ।

united

रोकिएको तलव पाउनु पर्ने र भिसा तुरुन्त नवीकरण गर्नुपर्ने माग राख्दै शुक्रबार बिहानदेखि नै कम्पनी बन्द गरेर हड्तालमा उत्रिएको त्यहाँ कार्यरत एक नेपालीले डिसी नेपालसँगको कुराकानीमा बताए ।

कम्पनीमा नेपालीसँगै बंगालादेश, इन्डोनोसियन लगायत अन्य देशका हजारौं कामदार कार्यरत छन् ।अहिले कम्पनीको प्रशासन पक्षले श्रमिकहरूसँग वार्ताको लागि प्रयास गरिरहेको सञ्चार माध्यमहरुले जनाएको छ ।