फ्रान्सको एक विद्यालयमा नियमित कक्षा चलाउनको लागि १५ भेडालाई भर्ना

Advertisement

पेरिस। फ्रान्सको एक प्राथमिक विद्यालयले १५ भेडाहरुलाई स्कुलमा भर्ना गरेको छ । नियमित रुपमा स्कुलमा कक्षा चलिरहोस् भन्नको लागि यसरी भेडालाई भनाइ गरिएको हो ।

यो स्कुलका केही कक्षाहरु बन्द हुने खतरामा थिए । स्कुलमा २६१ बालबालिकाहरु पढ्छन् । केही अभिभावकले स्कुलमा बालबालिकाको संख्या घटिरहेको बारे गुनासो गरेका थिए । त्यसपछि स्कुल प्रशासनले भेडालाई भर्ना गर्ने तरिका अपनाएको हो ।

इण्डिपेन्डेन्टको समाचार अनुसार यो स्कुल क्रेत्स अन बेलडोन शहरमा अवस्थित छ । यो शहरको जनसंख्या ४ हजार छ । स्कुलमा भर्ना गर्नको लागि भेडा स्थानीय गोठालाले उपलब्ध गराएका हुन् । भेडाहरुलाई स्कुल लैजाँदा गोठालाका कुकुरहरु अघिपछि हिँडेर भेडाहरुको निगराननी गरिरहेका थिए । स्कुलमा भर्ना गर्ने बेला भेडाहरुको जन्म प्रमाणपत्र पनि पेश गरिएको थियो ।

स्कुलमा भेडा भर्ना गर्नुको पछाडि एक अभिभावक गेल लावेलको हात छ । गेलले भने ‘दुर्भाग्यको रुपमा राष्ट्रिय शिक्षा आँकडामा मात्र सीमित भएर रहेको छ । स्कुलको संख्यामा वृद्धि भएको छ यो राम्रो हो । स्कुलमा अहिले ११ कक्षा संचालन भइरहेका छन् । तर, विद्यार्थी संख्या घटेपछि कक्षाको संख्या पनि घटाउने तयारी गरिएको थियो ।

यसो गर्दा हरेक कक्षामा २४ देखि २६ बालबालिका हुन्छन् जुन संख्या कक्षाको क्षमताभन्दा धेरै हो ।’ स्थानीय मेयर ज्याँ लुई मैरेले पनि स्कुलमा भेडा भर्ना गरेको कुराको समर्थन गरेका छन् । उनका सन्तान पनि त्यही स्कुलमा पढ्छन् । बालबालिका पनि भेडा स्कुलमा आएपछि खुशी छन् ।

Advertisement

Advertisement

Advertisement