राष्ट्रपति भएपछि ट्रम्पले बोले १० हजार झुट

Advertisement

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पटक–पटक गलत बयानका कारण विवादमा आइसकेका छन् । यस्तोमा उनले राष्ट्रपति भएदेखि हालसम्म दिएका झूटा अभिव्यक्तिको संख्याका बारेमा अमेरिकी पत्रिका ‘वासिङ्टन पोस्ट’ले नयाँ खुलासा गरेको हो । यसरी ट्रम्पले विभिन्न विषयमा गलत बोलेको कुराको संख्या १० हजार नाघिसकेको छ ।

उक्त रिपोर्टका निरीक्षणकर्ता ग्लेन केस्लरले भनेका छन्, “राष्ट्रपति ट्रम्पले अझै पनि भ्रामक वा गलत बयान दिने क्रमलाई अविश्वसनीय गतिमा जारी राखिरहेका छन् ।”गत सेप्टेम्बरमा मात्र उनका झूटा अभिव्यक्तिको संख्या ५ हजार पुगेको थियो । तर, उनले आफ्नो बोल्ने शैलीमा अझै पनि परिवर्तन नल्याएको हुँदा भ्रामक बयान दिने क्रम रोकिएको छैन ।

यसरी सात महिनामै उनले बोलेका गलत कुराको संख्या १० हजार पुग्नुको अर्थ उनले पछिल्लो समय एक दिनमा कम्तीमा पनि २३ भ्रामक अभिव्यक्ति दिने गरेको भन्न सकिने केस्लर बताउँछन् ।
ट्रम्पले विशेष गरी आप्रवासनसम्बन्धी दिएका अभिव्यक्ति गलत हुने गरेको उल्लेख गरिएको छ । त्यस्तै राष्ट्रपति निर्वाचनमा रूसको हस्तक्षेपबारे एफबीआई प्रमुख रोबर्ट मुलरले गरिरहेको अनुसन्धान, अन्य देशसँगको व्यापारिक वार्ता र कार्यकालमा आफ्ना उपलब्धिबारे पनि ट्रम्पले गलत बयान दिँदै आएको बताइएको छ ।

सो रिपोर्टमा उनले सिधै बोलेका झूटा कुरादेखि बढाइचढाइ भनेका गलत बयानलाई पनि गनिएको छ । यसरी शनिबार राति मात्र विस्कन्सिनको ¥यालीमा सहभागी हुँदा उनका झूटा बोलीको गणना ८ सय २८ दिनमा १० हजार १ सय ११ पुगेको बताइएको छ ।
पोस्टका अनुसार समयसँगै ट्रम्पको बोलीमा सत्य कुरा झन्–झन् कम हुँदै गइरहेको छ ।

आइतबार टेलिभिजन कार्यक्रममा दिएको ४५ मिनेट लामो अन्तर्वार्तामा मात्र ट्रम्पले ४५ वटा झूटा अभिव्यक्ति दिएको बताइएको छ, जसले सार्वजनिक टेलिभिजनमा समेत उनले हरेक मिनेट झूटो बोल्ने गरेको स्पष्ट गराउँछ ।

Advertisement

Advertisement

Advertisement