जनसेवी र स्वाभिमान लघुवित्तको आईपीओ खुला

Advertisement

काठमाडौं । जनसेवी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको साधारण शेयर(आइपीओ) आज शुक्रबारदेखि खुल्ला भएको छ । दुवै लघुवित्तको आईपीओमा पहिलो चरण अन्तर्गत ढिलोमा बैशाख ३१ गतेसम्म आवेदन गर्न सकिने छ ।

जनसेवी लघुवित्तले चार लाख ६३ हजार ३०० कित्ता र स्वाभिमानले एक लाख ९८ हजार ६१० कित्ता आईपीओ बिक्रीमा ल्याएको हो ।

जनसेवीको कुल आईपीओ मध्ये २३ हजार १६५ कित्ता सामुहिक लगानी कोष र ७ हजार १४५ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । जानसेवीको ४ लाख ३२ हजार ९९० कित्ता आईपीओमा सर्वसाधरणका लागि खुलेको हो ।

आईपीओ जारी पछि जनसेवी लघुवित्तकको संस्थापक पूँजी ९ करोड ८० लाख र सर्वसाधारण समुहतर्फ चार करोड ६३ लाख पुग्ने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

त्यस्तै, स्वाभिमान लघुवित्तको कुल आईपीओ मध्ये ९ हजार ९३० कित्ता सामुहिक लगानी कोषका लागि र ३ हजार ९३ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । त्यस पछि बाँकी रहेको एक लाख ८५ हजार ५८७ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन गर्न पाउने छन् ।
आईपीओमा न्युनतम १० देखि बढीमा एक हजार कित्तासम्म आवेदन गर्न पाईने छ ।

स्वाभिमान लघुवित्तको पनि संस्थापकतर्फ चार करोड २० लाख र सर्वसाधारण तर्फको एक करोड ९८ लाख पूँजी पुग्ने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

निवेदनकर्ता धेरै र निष्काशित आईपीओ संख्या थोरै भएका कारण लगानीकर्ताले दुवै लघुवित्तको १० कित्ता सेयर हात पार्न पनि कठिन छ ।

दुवै लघुवित्तको आईपीओ मेरो सेयर भएकाहरुले अनलाईनबाट र आस्वा सुविधा प्राप्त सबै तथा वित्तीय संस्थाबाट निवेदन गर्न सक्ने छन् ।

Advertisement

Advertisement

Advertisement