लक्ष्मी लघुवित्तको रौतहटमा ६५ औं शाखा सञ्चालन

Advertisement

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाले रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको हर्षाहमा ६५ औं शाखा सञ्चालनमा ल्याएको छ।
वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्ष जीवनप्रकाश लिम्बु र वृन्दावन नगरपािलकाका मेयर राम स्नेही राय यादवले संयुक्त रुपमा उद्घाटन गरेका थिए। योसँगै प्रदेश २ का सबै जिल्लामा लक्ष्मी लघुवित्त पुगेको छ। संस्थाले ४९ जिल्लामा शाखा बिस्तार गरी सेवा दिइरहेको जनाएको छ।

Advertisement

Advertisement

Advertisement