अशोक लेलैण्डको ‘दोस्त प्लस’को ‘सफ्ट लन्च’ सितापाईलामा

Advertisement

काठमाडौं । आइएमई ग्रुपअन्तर्गतको आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले १.५ टन क्षमता रहेको दोस्त प्लसको सफ्ट लन्च गरेको छ । सफ्ट लन्च कार्यक्रममा दोस्त प्लसको टेस्ट ड्राइभ समेत गरिएको थियो ।

नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गरी ल्याइएको भनिएको यस मोडलको ६० हर्ष पावर, अतिरिक्त लोडिङ स्पेस, १५ इन्चको टायर, अगाडी ३ र पछाडी ६ स्प्रिङपत्ता रहेको छ । दोस्त प्लस मोडलको अहिले बजार मूल्य २० लाख ४० हजार रुपियाँ रहेको छ ।

दोस्त प्लस गाडीका प्रोडक्ट ईन्चार्ज प्रभातविक्रम विष्टले यसको प्रतिस्पर्धी नेपालमा अरु कुनै कम्पनीको गाडी नभएकोले राम्रो बजार लिने दाबी गरे । ग्राहकलाई गाडी खरिद गर्न अझ सहज बनाउने उद्देस्यले क्यासलेस बीमा पोलिसी सुविधा पनि ल्याएको उनले बताए ।

Advertisement

Advertisement

Advertisement