डेभलपमेन्ट बैंकर्स एशोसियशनमा नयाँ नेतृत्व

Advertisement

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसियशनमा नयाँ नेतृत्व चयन भएको छ । एशोसियशनको शुक्रबार सम्पन्न १३औं बार्षिक साधारणसभाले गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

मुक्तिनाथ विकास बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत भरत ढकालले बैंक छोडेसँगै ढकालले कार्यवहाक अध्यक्षको भूमिका निर्वाह गर्दै आएका थिए । उनले दुई बर्ष संगठनको नेतृत्व गर्नेछन् ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेल, द्धितीय उपाध्यक्षमा गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम थापा, महासचिवमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, सचिवमा तिनाउ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदीप श्रेष्ठ, कोषाध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, सदस्यहरुमा रेशम जोशी, नरेशसिंह बोहोरा, विरुराम जैसी, प्रवीण बस्नेत र नवीन सुवेदी चयन भएका छन् । अहिले ३३ वटा विकास बैंकहरु अस्तित्वमा छन् ।

Advertisement

Advertisement

Advertisement