सुगौली सन्धीमार्फत गुमेको नेपाली भूभाग फिर्ता माग्दै राजमार्गमा प्रेसर कुकर बम

Advertisement

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नदीको पुलमा बम फेला परेको छ । नदीको पूर्वतर्फको मुखैमा आइतबार बिहान प्रेसर कुकर बम भेटिएको हो । बम फेला परेसँगै कन्काई पुलको दुबैतर्फ सयौँको संख्यामा सवारीसाधन रोकिएका छन् ।

तारसहितको बमसँगै एउटा घडी पनि रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए । उनका अनुसार बम रहेको स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको छ ।

बम नजिकै गोर्खा जनमुक्ति मोर्चाको पर्चासमेत फेला परेको प्रहरीले जनाएको छ । पर्चामा संघीयता खारेज गर, सुगौली सन्धीमार्फत गुमेको नेपाली भूमी फिर्ता गर, भ्रष्टाचार नियन्त्रण गर, सम्पूर्ण अंगीकृत नागरिकता खारेज गर लगायतका माग उल्लेख छ ।

नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement