ओरियण्टल होटल्सको नाफामा एक करोडको वृद्धि

Advertisement

काठमाडौं । ओरियण्टल होटल्सले खुद नाफामा वृद्धि गरेको छ । होटलको नाफा एक करोड २३ लाख रुपियाँले बढेको छ। गत आवको चैत मसान्तसम्ममा १९ करोड ५१ लाख रुपियाँ खुद नाफा कमाएको होटल्सको नाफा २० करोड ७४ लाख पुगेको छ।

लाजिम्पाट काठमाडौंमा र्याडिसन होटल सञ्चालन गरिरहेको यस कम्पनीले चालु आवको चैत मसान्तसम्म व्यवसाय तथा सेवाको बिक्री मार्फत ८७ करोड ६१ लाख रुपियाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा होटलले ८१ करोड २६ लाख रुपियाँ आम्दानी गरको थियो ।

चालु आवको चैत मसान्तसम्मा २१ करोड ३६ लाख रुपियाँ कर्मचारीलाई खर्च गरेको होटलले १० करोड ७५ लाख लाखको खाध्यान्न र पेय पदार्थ खरिद गरेको छ।

होटल्सको चुक्ता पूँजी एक अर्ब ७ करोड ४३ लाख रुपियाँ रहेको छ । त्यस्तै, होटलको जगेडा कोषमा एक अर्ब ८ करोड १४ लाख रुपियाँ सञ्चित छ।

यस अवधिमा होटलले ३१ करोड २१ लाख रुपियाँ होटल सञ्चालनबाट नाफा कमाएको छ। गत वर्ष होटलले २९ करोड ८२ लाख रुपियाँ सञ्चालन नाफा मार्फत आर्जन गरेको थियो ।

त्यसैगरी, होटलले १२ करोड २६ लाख सञ्चालन र ६ करोड १७ लाख ह्रासकट्टी र १२ करोड ३१ लाख रूपियाँ साधारण तथा कार्यालयमा खर्च गरेको देखिन्छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपियाँ ३१ पैसा छ भने प्रतिशसेयर नेटवर्थ दुई सय ६६ पैसा छ । होटलको मूल्य आम्दानी अनुपात २२.५८ गुणा बढी देखिन्छ।

Advertisement

Advertisement

Advertisement