मेगा बैंक र एशियन लाइफबीच बैंकास्योरेन्स

Advertisement

काठमाडौं । बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले मेगा बैंक र एशियन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।

मेगा बैंककी सहायक नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

देशभरका एक सय २ शाखाबाट एशियन लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत एशियन लाइफ इन्स्योरेन्सले प्रदान गर्ने सबै सेवा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement