‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७५’ बाट प्रेमध्वज प्रधान र शम्भुजीत बास्कोटा सम्मानित

Advertisement

काठमाडौँ । ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७५’ बाट दुई जना बरिष्ठ सर्जकहरुलाई सम्मानित भएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘भक्तराज आचार्य संगीत प्रतिष्ठान’ले बरिष्ठ गायक प्रेमध्वज प्रधान र बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई सम्मान गरेको हो ।

भजन शिरोमणि भक्तराज आचार्यले बरिष्ठ गायक प्रधान र बरिष्ठ संगीतकार बास्कोटालाई दोसल्ला ओडाएर ताम्रापत्र र नगद रु ५०,००१ रुपियाँ सहित सम्मान गर्नुभएको हो । संगीतकार बास्कोटाले ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७५’बाट सम्मानित हुनु पाएकोमा खुसी ब्यक्त गरे । उनले लाखौंको प्रिय गायक भजन शिरोमणि भक्तराजसँग धेरै कामहरु सँगै गरेको बताए ।
त्यस्तै बरिष्ठ गायक प्रेमध्वज प्रधानले पनि आफू ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७५’ सम्मानित हुन पाउँदा निकै खुसी लागेको बताउनुभयो । साथै यो सम्मानले गीतरसंगीतमा लाग्नेहरुका लागि अझ आत्मबल बढाएको उहाँको भनाइ थियो ।

सामाजिक र साङ्गीतिक कार्यहरुमा क्रियाशील रहेको भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानले गायन र सङ्गीत क्षेत्रका स्रष्टाहरुलाई हरेक वर्ष सम्मान गर्दै जाने जानकारी गराएको छ । प्रतिष्ठानले यो वर्षको सम्मान कार्यक्रम सिटी एक्सप्रेस मनि ट्रान्सफरको मुख्य सहयोगमा आयोजना सम्पन्न गरेको हो ।

Advertisement

Advertisement

Advertisement