एनआईसी एशियाको नाफामा १४५ प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नाफाको आकार २ अर्ब २७ करोड ६४ लाख पुर्याएको छ । बैंकले गत वर्ष चैतसम्म बैंकले ९२ करोड ७६ लाख रुपियाँ नाफा कमाएको थियो । यो बैंकको नाफामा १४५ प्रतिशतको वृद्धि हो ।

बैंकले ९ महिनाको समिक्षा अवधिमा १४ अर्ब ५० करोड रुपियाँ ब्याज आम्दानी र ९ अर्ब १८ करोड ब्याज खर्च गर्दा ५ अर्ब २३ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । यो आकार अघिल्लो वर्ष २ अर्ब ६५ करोड रुपियाँ थियो ।

बैंकको निक्षेप रकम १५ अर्बले बढाएर १ खर्ब ५४ अर्ब रहेको छ । बैंकले कर्जा लगानी १ अर्बले बढाएर १ खर्ब १६ अर्ब रुपियाँ पुर्याएको छ । बैंकको खराब कर्जा अनुपात ०.२२ प्रतिशत छ । बैंकको लोनलस प्रोभिजन ५२५ प्रतिशतबाट २९५ प्रतिशतमा झरेको छ ।

बैंकको कस्ट अफ फण्ड ७.८४ बाट घटेर ७.०९ प्रतिशत कायम हुँदा ११.५० प्रतिशत रहेको बेसरेट ९.३० मा झरेको छ । बैंकको ब्याजको स्प्रेडदर ४.९६ प्रतिशत देखिएको छ ।

Advertisement

Advertisement

Advertisement