बानेश्वरमा आइप्लेक्स मल तयार, जेठदेखि संचालनमा आउने

Advertisement

काठमाडौं । काठमाडौंमा सञ्चालन रहेका मलहरुको तुलनामा अझ बढी सुविधा तथा पूर्वाधारसहित नयाँ बानेश्वरमा आइप्लेक्स मल नामको व्यापारिक कम्प्लेक्स तयार भएको छ। आइप्लेक्स मल नामको व्यापारिक कम्प्लेक्स जेठ महिनाभित्रै सञ्चालनमा आउने बताइएको छ।

उक्त मलमा ५० भन्दा बढी बिभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पसल, सुपर स्टोर, अत्याधुनिक सुविधायुक्त दुईवटा सिनेमा हल, स्वादिला र स्वच्छ खानाको फुडकोर्ट, युवा र किशोरकिशोरीलाई मनोरञ्जन दिने “इमेन्ट जोन, कफी बार जस्ता सुविधा छन्।

विशेष गरी काठमाडौंवासीको रहनसहनमा आउन थालेको आधुनिक परिवर्तनका कारण सहज किनमेल गर्न सकिने यस्ता व्यापारिक मल सञ्चालनको क्रम दिन प्रतिदिन बढ्दो छ। मनोरञ्जन, खानादेखि देैनिक आवश्यकताका सामग्री सजिलै किनमेल गर्न सकिने भएकाले जति मलहरु बढ्दै जान्छन् उति नै सर्वसाधारण उपभोक्ता यसबाट लाभान्वित भइरहेका छन्।

नयाँ बानेश्वर क्षेत्रमा सिनेमा हल नभएकाले यहाँका बासिन्दा अन्यन्त्र जानुपर्ने बाध्यता छ। विदाको कुनै दिन सदुपयोग गर्नका लागि मल उपर्युक्त हुनेछ । साथै स्वादिला र स्वच्छ खानाहरुको ‘फुडकोर्ट’ पनि संचालन हुने बताइएको छ। मनोरन्जनका लागि ‘ईभेन्टजोन’ तथा कफी बार पनि मलमा संचालन हुनेछ।

Advertisement

Advertisement

Advertisement