वैदेशिक रोजगार विभागभित्रै निशुल्क उजुरी लेख्न पाउने व्यवस्था

Advertisement

काठमाडौँ । वैदेशिक रोजगार विभागले पीडितका उजुरी निःशुल्क लेखिदिन थालेको छ । वैदेशिक रोजगारमा दुःख पाएर उजुरी दिन कार्यालयमा आएकाहरुबाट निवेदन लेखिदिनेहरुले मनपरी शुल्क लिएको पाएपछि आफैं निवेदन लेखिदिन सुरु गरेको विभागले जनाएको छ ।

पीडित अब व्यक्तिगत उजुरी दिनुपर्ने भए मुद्दा तथा अनुसन्धान शाखाबाट र संस्थागत उजुरी संस्थागत शाखाबाट उजुरी लेखाउन सकिने छ । यसले उजुरी लेखाउने नाममा भइरहेको ठगी रोकिने र उजुरी लेख्न अहिले भइरहेको खर्च जोगिने विभागको भनाई छ ।

उजुरी लेख्न बिचौलियाहरुले अहिले सेवाग्राहीहरुसँग दुईदेखि पाँच हजार रुपैयाँसम्म लिने गरेका छन् । योसँगै अहिले देखिएको उजुरीका प्रतिवादीसम्म उजुरीको सूचना चुहिने अवस्थाको पनि अन्त्य हुने विश्वास विभागले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement