भैरहवा विमानस्थलको काम रोकिएपछि सरकारले गर्न लाग्यो ७० करोड निकासा

Advertisement

काठमाडौं । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रोकिएपछि ठेकेदारको भुक्तानीका लागि रकम निकासा गर्न लागेको छ । अर्थ मन्त्रालयले ७० करोड निकासा लागि रकमान्तरका लागि स्वीकृति गरेको हो ।

विमानस्थल निर्माणमा लाग्ने नदीजन्य पदार्थ आपूर्तीको लागि बुटवल उपमहानगरपालिकाले स्वासम कन्सट्रक्सन कम्पनीसगँ सम्झौता गरेको थियो। तर, उपमहानगरपालिकाले सम्झौता अनुसारको मूल्यमा नदीजन्य पदार्थ दिन नमानेपछि विमानस्थल निर्माणकार्यमा नदीजन्य पदार्थ चरम अभाव हुँदै आएको छ। जसका कारण पनि आयोजना अन्योलमा परेको छ।

रकम अभावका कारण ठेकेदारले पेट्रोलियम पदार्थ खरिद गर्न नसकेपछि काम रोकेको बताइएको छ। विमानस्थलको धावनमार्ग कालो पत्रेका लागि दैनिक २० लाख रुपियाँ बढीको पेट्रोलियम पदार्थ आवश्यक पर्ने गरेको थियो।

सम्पन्न भएको कामको भुक्तानीका लागि आयोजनाले पटक–पटक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ताकेता गर्दै आएपनि कुनै सुनुवाई भएको थिएन। मन्त्रालयले एडिबीलाई पठाउनु पर्ने फाइल नपठाउँदा एडिबीबाट रकम आउन सकेको छैन। जसका कारण आयोजनाले भुक्तानी गर्न पनि सकेको छैन।

अब संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रोकिएको आयोजनाको रकम निकासाको फाइल एशियाली विकास बैंक(एडीबी)मा पठाउने बाटो खुलेको छ । आयोजनाको मुख्य मानिएको धावनमार्ग निर्माणको काम आइबतारबाट रोकिएको छ ।

ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले भइसकेको कामको पनि भुक्तानी नपाएको भन्दै काम रोकेको थियो । कम्पनीलाई नगद प्रवाहमा समस्या भएपछि काम रोकेको हो ।

लामो समयदेखि भइसकेको कामको भुक्तानीका लागि आयोजनाले संस्कृति पर्यटन तथा नागरिक उड्यनन मन्त्रालयमा तोकता गरेको थियो । भुक्तानीका लागि मन्त्रालयले फाइल बेलैमा एसियाली विकास बैंकमा फाइल नपठाउँदा ठेकदारले समयमा भुक्तानी नपाएको हो ।

हालसम्म आयोजनाको धावनामार्गको अन्तिम चरणको कालोपत्रे हुँदैछ । अब ५ सय मिटर मात्रै बाँकी रहँदा निर्माण नै रोकिएको छ । रन वे, ट्याक्सी वे, पार्किङ, एप्रोन लगायतका संरचनाको काम पनि ७० प्रतिशतको हाराहारीमा सकिएको छ ।

यहि जुन महिनामा काम सकेर सेप्टम्बरमा परीक्षण उडान गर्ने तयारी भएपनि बेलैमा काम नसकिने भएकाले सन् २०१९ भित्र भैरहवा विमानस्थल चलाउने नेपाल नागरिक उडड्यन प्राधिकरणको तयारी छ । विमानस्थलको लागि चाहिने सामग्रीको लागि टेन्डर आव्हान भैसकेको छ भने एअर रुटको पनि टुंगो लागिसकेको छ ।

तर, धावमानर्ग र जमिन व्यवस्थापनबाहेक अन्य काम भने जसोतसो ठेकेदारले सुचारु राखेको छ । सरकारले सन् २०१९ भित्रै यो विमानस्थल निर्माण गरेर सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

Advertisement

Advertisement

Advertisement