नेपाल टेलिकमको नाफामा लाग्यो झट्का, १ अर्ब ८७ करोडको गिरावट

Advertisement

काठमाडौं । सरकारी लगानी रहेको नेपाल टेलिकमको नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा घटेर ९ अर्ब ९८ करोड रुपियाँमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ११ अर्ब ८५ करोड ६४ लाख रुपियाँ रहेको थियो । यो भनेको टेलिकमको करिब १ अर्ब ८७ करोड रुपियाँको गिरावट हो ।

टेलिकमको अघिल्लो वर्ष ९ महिनामा यो आम्दानी २९ अर्ब ३९ करोड थियो तर यो वर्षको सोही अवधिमा आम्दानी घटेर २७ अर्ब ५० करोडमा झरेको छ । अन्य आम्दानी भने २३ करोड रुपियाँले बढाएर ४ अर्ब ६९ करोड रुपियाँ पुर्याएको छ ।

टेलिकमले कर्मचारी तथा अन्य प्रशासनिक खर्चलाई यो वर्ष प्रभावकारी बनाएर त्यस्ता खर्चहरुको वृद्धि भने रोकेको जनाएको छ । टेलिकमले कमाएको नाफामा आधारमा प्रतिसेयर आम्दानी ८८.७५ रुपियाँ हुँदा मूल्य आम्दानी अनुपात ८.९९ गुणा छ ।

Advertisement

Advertisement

Advertisement