शिखर इन्स्योरेन्सको नाफामा ८.४३ प्रतिशतको वृद्धि, जगेडा कोषमा ४१ करोड ९ लाख

Advertisement

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३३ करोड ६२ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीको खुद नाफा ३१ करोड एक लाख रुपियाँ थियो । यो नाफा गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ८.४३ प्रतिशतको वृद्धि हो।

कम्पनीको जगेडा कोष मजबुत बन्दै गएको छ। गत आवको चैत मसान्तसमा १८ करोड २० लाख रहेको कम्पनीको जगेडा कोष ४१ करोड ९ लाख पुगेको हो।

यस्तै इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म कमाएको चुक्ता पूँजी एक अर्ब पाँच करोड रहेको कम्पनीको बीमा कोषमा एक अर्ब एक करोड ९३ लाख सञ्चित छ । इन्स्योरेन्सको महाविपत्ति कोषमा ५ करोड २९ लाख रुपियाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीले एक अर्ब २४ करोड रुपियाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब २२ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुर्नबीमा कमिशन आयबाट २८ करोड २४ लाख रुपियाँ, लगानी कर्जा तथा अन्य आयबाट १३ करोड ५५ लाख रुपियाँ आम्दानी गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३९ रुपियाँ ११ पैसाबाट बढेर ४२ रुपियाँ ४० पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २४० रुपियाँ २८ पैसा, र मुल्य आम्दानी अनुपात २०।८९ गुणा बढी छ ।

कम्पनीले कुल बीमाशुल्क दुई लाख १५ हजार ९०५ बीमालेख जारी गरेको कम्पनीले दुई अर्ब ५० करोड रुपियाँ आर्जन गरेको छ । त्यस्तै ५ हजार ६४७ वटा परेको एक अर्ब १४ करोड ४५ लाख बराबरको कुल दाबी भुक्तानी गरेको छ भने ४ हजार २१४ दाबीबाट परेको ८० करोड ८२ लाख बराबरको भुक्तानी गर्न बाँकी छ । कम्पनीले तेस्रो त्रैमाससम्म ३१ करोड ५४ लाख बराबरको दाबी वापतको भुक्तानी गर्न बाँकी रहेको छ ।

 

Advertisement

Advertisement

Advertisement