सुनको मूल्य ह्वात्तै बढ्यो, तोलामा एकैपटक १ हजारको वृद्धि

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोेमबार प्रतितोला ५९ हजार हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज १ हजार रुपियाँले बढेर ६१ हजार रुपियाँमा कारोबार भएको हो ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोलामा ६० हजार सात सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५२ हजार ३०० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५२ हजार ४५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य सात सय २५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय २१ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement