सामसङकोे ग्यालेक्सी ‘ए टु कोर’ नेपाली बजारमा

Advertisement

काठमाडौं । सामसङले आफ्नो लोकप्रिय ग्यालेक्सी ए लाइन अन्तर्गत नेपाली बजारमा ग्यालेक्सी ‘ए टु कोर’ सार्वजनिक गरेको छ । इन्ट्रि–लेभलका ग्राहकहरुलाई लक्षित गरी सामसङले सुलभदरमा ग्यालेक्सी ‘ए टु कोर’ सार्वजनिक गरेको हो ।

सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले सबै डिभाइसहरुमा एकदमै नविनत्तम र उत्कृष्ट प्रविधी ग्यारेन्टी गर्न पूर्ण रुपमा प्रतिवद्ध भएको बताएका छन् । उनले ग्यालेक्सी ‘ए टु कोर’ले पूर्ण मात्रामा स्मार्ट फोनको अनुभव दिलाउने बताए ।

स्थापितका अनुसार ‘ए टु कोर’ परिष्कृत ब्याट्री, भण्डारण क्षमता, राम्रो कार्य सम्पादन र विशेष गरी पहिलोपटक प्रयोग गर्नेहरुलाई अपिल गर्ने खालको रहेको छ ।

फोनमा १६ जिबीको स्टोरेज रहेको छ भने कार्डको सहयोगबाट क्षमता बृद्धिगरी शेयर स्ट्रीम तथा गेम खेल्न सकिने छ । जहाँ पाँच सय ४० एक्स नौ सय ६०  पिक्सल तथा १६:९ को रेसियोका साथै पाँच इन्चको टचस्क्रिन डिस्प्ले रहेको छ ।

नेपाली बजारमा ग्यालेक्सी ए टु को मूल्य नौ हजार तिन सय ९० रुपिँया  रहेको छ ।

Advertisement

Advertisement

Advertisement