नेपाल चेम्बर र कम्बोडिया चेम्बरबीच दुईपक्षीय सम्झौता

Advertisement

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच सोमबार नौ बुँदे सम्झौता भएको छ । नेपालका प्रधानमन्त्री केपी ओली र कम्बोडियाका प्रधानमन्त्री हु सेनको उपस्थितीमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बरका उपाध्यक्ष लिम हेङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

दुई देशको व्यापारिक विकास र बैदेशिक सम्बन्ध प्रगाढ र सुदृढ कायम गर्नका लागि सम्झौता भएको जनाईएको छ । दुई देशहरुमा प्रचलित कानुन र नियमहरुको ढाँचाभित्र दिपक्षीय व्यापार सम्बन्धहरुको थप विस्तारको दायरामा प्रशंसा गर्दै सामान्य, व्यापार र वाणिज्य विकासको लागि दुबैको व्यापरिक समुदायहरुबीच राम्रो सहयोग र समन्वयको भावनालाई जोड दिने पत्रमा उल्लेख छ ।

नौ बुँदे सम्झौता पत्रमा दुई देशबिच आपसी सम्बन्ध सुमधुर, व्यापारिक विकास, बैदेशिक सम्बन्ध, लगानी, पर्यटन र व्यापारिक प्रर्दशन गर्ने उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement