काठमाडौं। क्यान्सर रोगीलाई सरकारले दिँदै आएको १ लाख रुपियाँ बन्द भएको कुरा अफवा मात्र भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले सूचिकृत गरेका अस्पतालमा विपन्न नागरिकका लागि सरकारले उपलब्ध गराउँदै आएको सेवा सुचारु नै रहेको प्रष्ट पारेको हो।
विभिन्न संचारमाध्यममा केही दिन अघि विपन्न नागरिकलाई सरकारले दिदै आएको रकम ५ महिना देखी पैसा बन्द भएको छापिएको थियो।
नेपाल सरकारबाट विपन्न नागरिकहरुको क्यान्सर तथा कडा रोगहरुको उपचारको लागि सुचिक्रित अस्पतालहरुलाई उपचार बापत सोधभर्ना गर्ने गरी आर्थिक सहायता प्रदान गर्ने व्यवस्था रहेको छ।
मन्त्रालयले चालु आर्थिक बर्षका लागि विपन्न उपचार कोषमा नपुग भएको बजेटका लागि आवश्यक पहल भइसकेको पनि जनाएको छ।