‘रियल टाइम ग्रोस सेटलमेन्ट’का लागि क्लियरिङ हाउस र बाणिज्य बैंकहरुबीच सम्झौता

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले लागु गर्न लागेको ‘रियल टाइम ग्रोस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली कार्यान्वयनको लागि नेपाल क्लियरिङ हाउस र अधिकांश वाणिज्य बैंकहरुसँग इन्टरग्रेसन पार्टनरको रुपमा कार्य गर्ने गरी मंगलबार सम्झौता गरिएको छ ।

क्लियरिङ हाउसले नेपाल बैंकर्स संघको पहलमा यो सम्झौता भएको जनाएको छ । सम्झौताको क्रममा राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, सक्षम– एक्सेस टू फाइनान्सका प्रमुख निर्मल दाहाल, विभिन्न बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको लगायत सहभागी थिए ।

यससम्वन्धी सम्झौतामा बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छुट्टा छुट्टै सम्झौता भएको थियो । सम्झौताअनुसार क्लियरिङ हाउसले बैंकहरुलाई आरटीजीएस प्रणालीमार्फत् कारोबारहरु गर्न तथा आफ्नो कोर बैंकिङ प्रणालीमा जोड्न चाहिने आवश्यक ‘ओरटीजीएस इन्टरग्रेशन विडलवायर’ उपलब्ध गराइने छ । आरटीजीएस प्रणाली कार्यान्वयनमा इन्टरग्रेशनको महत्वपूर्ण भूमिका रहने क्लियरिङ हाउसको भनाई छ ।

हाउसले हाल आफ्ना सदस्य बैंक तथा वित्तिय संस्थाहरुलाई एनसीएचएल–इसीसी, एनसीएचएल–आइपीएस, कनेक्ट आइपीएसलगायत इन्टरग्रेशन तथा एप्लिकेशन प्रोग्रामिङ इन्टरफेसेस उपलब्ध गराउँदै आएको छ । संचालनमा रहेका प्रणालीहरुलाई आवश्यक परिमार्जन गरी बैंकहरुलाई आरटीजीएस प्रणालीमा समेत इन्टरग्रेशन गर्ने गरी परियोजना विकास गरिएको हो ।

Advertisement

Advertisement

Advertisement