रिलायन्स लाईफले नौ महिनामा ३८ करोड ८९ लाख बीमा शुल्क आर्जन गर्यो

Advertisement

काठमाडौँ । रिलायन्स लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५।७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन रकम १७ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यस आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ३८ करोड ८९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको खुद बीमा शुल्क आर्जन रकम १७ दशमलव ६१ प्रतिशतले वृद्धि हुँदै ३७ करोड ६७ लाख पुगेको छ ।



कम्पनीले जारी गरेको बीमा लेख संख्या १९ दशमलव १२ प्रतिशतले बढरे ११ हजार चार सय ६६ रहेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म दुई करोड ७० लाख खुद नाफा गरेको छ । कम्पनीको प्रति शेयर आम्दानी दुई रुपियाँ ४५ पैसा रहेको छ ।

कम्पनीको जगेडा कोषको आकार तिन प्रतिशतले घटेर १० करोड ३० लाख पुगेको छ भने जीवन बीमा कोषको आकार २४ करोड १८ लाख पुगेको छ ।

Advertisement

Advertisement

Advertisement