बैंक र बीमा कम्पनीहरुको नाफाको प्रभाव सेयर बजारमा, नेप्से र कारोबारमा उत्साहजनक वृद्धि

Advertisement

काठमाडौं । सेयर बजारमा मंगलबार उत्साहजनक सुधार देखिएको । सातको पहिलो र दोस्रो दिन एकल अंकले बढेको सेयर बजार परिसुचक नेप्से आज दोहोरो अंकले बढेको छ भने एक अर्ब रुपियाँभन्दा बढिको सेयर किनबेच भएको छ ।

बैंक तथा बीमा कम्पनीहरुको नाफामा देखिएको सुधारको प्रभाव सेयर बजारमा देखिएको हो । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा बाणिज्य बैंकहरुको नाफामा ४६ प्रतिशतको वृद्धि देखिएको छ भने बीमा कम्पनीहरुले पनि राम्रै नाफा गरेका छन् ।

आज नेप्से १४ दशमलव १२ अंकले बढेर एक हजार ३१५ दशमलव ४५ अंक कायम भएको छ भने एक अर्ब तीन करोड रुपियाँको कारोबार भएको छ । आज धेरै कारोबार गर्नेमा नेपाल बैंक छ । उसको १० करोड ३१ लाख रुपियाँको सेयर किनबेच भयो । त्यसपछि धेरै कारोबार गर्नेमा शिवम सिमेन्ट्स छ । उसको आठ करोड ४१ लाख रुपियाँको कारोबार भयो ।

समूहतर्फ हेर्दा व्यापारबाहेक बाँकी सबै समूहको सुचकहरुमा सुधार आएको छ । बाणिज्य बैंकको सुचक एक दशमलव २२ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूहको उपसुचक तीन दशमलव ३४ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूहको उपसुचक दुई दशमलव ४७ प्रतिशतले बढेको छ ।

आज धेरै नाफा गर्नेमा राष्ट्रिय बीमा कम्पनीको साधारण तथा संस्थापक सेयर धनी अगाडि रहे भने घाटा खानेमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका सेयरधनी अगाडि रहे ।

Advertisement

Advertisement

Advertisement