छिमेक लघुवित्तले शेयरधनीलाई १८ प्रतिशत बोनससहित ४० प्रतिशत लाभांश दिने

Advertisement

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरुलाई २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत बोनस शेयर दिने भएको छ । संस्थाको १७औंं वार्षिक साधारण सभाले शेयरधनीलाई आ।व। २०७४र७५ को मुनाफावाट कुल ४० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त साधारण सभामा वित्तीय संस्थाका अध्यक्षबाट संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत भएको थियो । उक्त अवसरमा वित्तीय संस्थाकी संस्थापक अध्यक्ष भुवनेश्वरी पन्तलाई यस संस्थाको तर्फबाट सम्मान समेत प्रदान गरिएको थियो भने रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा ४१ जना कर्मचारी तथा महानुभावहरुबाट रक्तदान गरिएको थियो । यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीले यस संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तब्य राख्नु भएको थियो ।

हालसम्म संस्थाले हाल सम्ममा ६७ जिल्लामा १ सय ३४ वटा शाखा मार्फत कुल ३ लाख ६५ हजार ६ सय ६ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ । २०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७४र७५ मा ६६ करोड ६६ लाख १० हजार ९ सय ९८ रुपियाँ खुद मुनाफा गर्न सफल भएको जारी प्रेस वीज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement