जनता बैंकद्धारा भरतपुर आँखा अस्पताललाई सहयोग

Advertisement

काठमाडौँ । जनता बैंकले भरतपुर आँखा अस्पताललाई सहयोग गरेको छ । जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भरतपुर आँखा अस्पताल, चितवनलाई दुई लाख ६० हजार बराबरको २० थानथ्रीसिटर आगन्तुक कुर्सी प्रदान गरेको हो ।

नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पताललाई कुर्सी उपहार दिँदै बैंकका क्षेत्रीय प्रबन्धक सञ्जय शर्माले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको जानकारी दिए ।

अस्पतालका अध्यक्ष एवं नेत्रज्योति संघका अध्यक्ष कृष्णराज धरेलले बैंकले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे । कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष चीजकुमार मास्केलगायतको उपस्थिति थियो ।

Advertisement

Advertisement

Advertisement