निराश भएर बसेका खतिवडा तब प्रफुल्ल भए, जब प्रदीप गिरिले बोल्न सुरु गरे (फोटो फिचर)

Advertisement

काठमाडौं । संसदमा प्रमुख प्रतिपक्षी दल काँग्रेसको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पास गरेसँग सत्तापक्ष–प्रतिपक्ष तित्तता बढेर गएको छ । संसदमा काँग्रेसले प्रेस काउन्सिल विधयेकलगायतका सरकारका क्रियाकलापको चर्को विरोध गर्दै आएको छ ।

यसै क्रममा पूर्वबजेटसम्वन्धी छलफलको अन्तिम दिन संसदमा छलफल चलिरहँदा अर्थमन्त्री भने निराश र चिन्तित देखिन्थे । शेरबहादुर देउवा सरकारले ६५ वर्ष उमेरसम्मका समेत ज्येष्ठ नागरिक भत्ता दिने निर्णय गरेकोमा अहिलेको सरकारले उक्त निर्णय उल्ट्याएको भन्दै काँग्रेस नेता बालकृष्ण खाँणले आलोचना गरिरहँदा अर्थमन्त्री टोलाएर बसिरहेका थिए ।

विपक्षी साँसदहरुबाट चर्को आलोचना खेपिरहेका अर्थमन्त्री खतिवडा मंगलबार संसदमा एक्लै बसिरहेका थिए । उनी बसेको छेउका कुर्सिहरु पनि खाली देखिन्थे । बेला बेलामा साँसद आएर कानेखुशी गर्थे । सायद उनीहरु आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रमलाई बजेटमा समेट्न आग्रह गर्दैथिए ।



लामो समय खिन्न मुद्रामा रहेका खतिवडाको मुहारमा तब मुस्कान देखिन थाल्यो अब काँग्रेस नेता प्रदीप गिरिले बोल्न थाले । गिरिले काँग्रेसको तर्फबाट अर्थमन्त्री भएकाहरुको आलोचना गर्दै खतिवडाको मुक्तकण्ठले प्रशंसा गरे । गिरिले सरकारको नीति तथा कार्यक्रमले दिगो आर्थिक विकासको कल्पना गरेको भन्दै यसले देशको मुहार फेर्ने बताएपछि खतिवडा प्रफुल्ल भए ।



उनले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मन्त्री खतिवडालाई सल्लाह पनि दिए । काँग्रेस विपीको पुँजीवादी र समाजवादी सिद्धान्तको मिश्रणबाट निकालेको नयाँ सिद्धान्तबाट विमुख भएको भन्दै नेता गिरिले काँग्रेस लामो समय सरकारको नेतृत्वमा बसे पनि जनताले विपीको सिद्धान्तको महशुस गर्न नपाएको बताए ।



गिरिले विदेशमा पढेका पियचडी होल्डरहरुलाई देशको अर्थमन्त्रालय सुम्पिँदा आज यो अवस्थामा देश आइपुगेको बताए । त्यसरी बोलेपछि गिरि सिधै अर्थमन्त्री खतिवडा बसेको बेन्चमा गएर केही वेर भलाकुसारीसमेत गरे । साँसदहरुको जवाफ दिँदै अर्थमन्त्री खतिनवडाले प्रदीप गिरिको नामै लिएर ‘उहाँले उठाउनु भएको दिगो आर्थिक विकास कै रोडम्यापमा सरकार रहने र त्यसैअनुसार बजेट बन्ने’ बताए ।





















[caption id="attachment_117703" align="aligncenter" width="900"] [/caption]

Advertisement

Advertisement

Advertisement