राजधानीको आठ चोकमा जेठको पहिलो सातादेखि ट्राफिक बत्ती सञ्चालनमा आउने

Advertisement

काठमाडौँ । राजधानीको आठ चोकमा जेठको पहिलो सातादेखि ट्राफिक लाइट सञ्चालनमा ल्याइने भएको छ। सिंहदरबार, पद्मोदय मोड, कालीमाटी, पुरानो बानेश्वर, तीनकुने, बागबजार, मित्रपार्क, गौशाला चोकमा अत्याधुनिक ट्राफिक लाइट जडान अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ।

प्रिजिल कन्स्ट्रक्सनका अनुुसार अहिले आठै वटै स्थानमा ट्राफिक लाइट जडान अन्तिम चरणमा पुगेको छ। सडक विभागअन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख दीप बाराहीले जेठ पहिलो सातादेखि आठ स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याइने बताए।

ट्राफिक लाइट नेपाली प्रविधिमा आधारित रहेको छ । ट्राफिक बत्ती वायरलेस र रिमोट कन्ट्रोल प्रणालीमा आधारित छ, त्यसको कन्ट्रोल महानगरीय ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल रुटबाट मनिटरिङ र व्यवस्थापन गर्न सक्ने रिमोट सिस्टमबाट सञ्चालन गरिनेछ।

गत चार महिनाअघि राजधानीको आठ ठाउँमा ट्राफिक लाइट जडान गर्ने ठेक्का प्रिजिल कन्स्ट्रक्सनले पाएको थियो। सडक विभाग र कन्स्ट्रक्सनबीच गत पुस १२ गते सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार चार महिनामा जडान गर्नुपर्ने थियो। सोही अनुसार नै जडान कार्य अघि बढेको छ।

आठ चोकमा ट्राफिक बत्ती जडान गर्नका लागि भ्याटबाहेक ९७ लाख ५० हजार रुपियाँमा ठेक्का लगाइएको हो।

Advertisement

Advertisement

Advertisement