अवैध रकम अशुलको कसुरमा पक्राउ परेका क्रसर व्यापारीका नाइके नेताको दबाबपछि छुटे

Advertisement

काठमाडौं । आइतबार दिउँसो साँढे ११ बजेको थियो । त्यो दिनको दैनिकी सबैको सदाझैँ सामान्य तरिकाले बितिरहेको थियो । एकाएक ललितपुर क्रसर व्यवसायीहरुबीचको माहोल बिग्रियो । व्यवसायीहरुमा हलचल मच्चियो । उनीहरु सबैको भागाभाग चलेको दिन थियो ।
जब क्रसर व्यवसायी संघ ललितपुरका अध्यक्ष सुदर्शन विष्ट पक्राउ परे तव सबै व्यवसायी बीच हलचल मच्चिएको थियो भने कतिको भागाभाग नै चलेको थियो ।

पक्राउ परेका बिष्टलाई छुट्टाउन केही ब्यवसायी दौडधुप गरिरहेका थिए । त्यो घटनाको हलचल अझैसम्म जारी छ । घटना अझै साम्य हुन सकेको छैन । प्रहरीको हिट लिष्टमा अझै दुई व्यवसायी परेका छन् । उनीहरु फरार रहेको र खोजी तीब्र पारेको बताइएको छ । फरार ब्यवसायीको नाम भने प्रहरीले गोप्य राखेको छ ।

संघले जिल्लाको विभिन्न भागमा अबैधानिक रुपमा कर उठाएको भन्न सूचनाको आधारमा सोधपुछका लागि अध्यक्ष बिष्टलाई पक्राउ गरेको र सोधपुछपछि छोडिएको प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र धानुकले जानकारी दिए ।

क्रसर संघले गैरकानूनी रुपमा कर उठाईरहेको सूचनाको आधारमा सोधपुछका लागि संघका अध्यक्ष पक्राउ परेको हो ।’ उनले भने– ‘सोधपुछ पछि छोडिदिएका छौँ ।’ कानूनले बन्देज गरेका गतिविधिमा संलग्न कसैलाई नछोड्ने भन्दै उनले कारवाहीको दायरामा ल्याउने कामलाई तीव्र पार्ने बताए ।

संघका अध्यक्ष विष्टलाई गोदावरी–१० स्थित आफ्नै निवासबाट परिसर प्रमुखले भेट्न बोलाउनु पर्छ भन्दै गाडिमा बोलाएर हतकडी लगाएर परिसर लगेको थियो । विष्टलाई परिसर पुर्याएपछि सिधै थुनामा राखेर कानुनले बन्देज गरेका गतिविधि सवारीमा अबैध कर उठाउने लगायतमा संलग्न भएको अभियोग लगाई अदालतबाट म्याद थप गर्ने तयारी गरेको परिसर स्रोतले जानकारी दिएको छ ।

बिष्टलाई म्याद थप गर्न अदालत लाने फाईल तयार पार्न लाग्दा पूर्व सांसद शुसीला नेपाल सहितकोे टोली परिसर पुगेर दवाब दिई विष्टलाई छुट्टाउन सफल भएको बताइएको छ ।
देखावटी रुपमा अबैध कर उठाएको अभियोग लगाउन खोजिएपनि विष्टलाई पक्राउ पर्नुको कारण अर्कै रहेको प्रहरीले जानकारी दिएको छ ।

क्रसर व्यवसायी संघले टिकाभैरब नल्लु खोलाबाट बाहिरिने सवारीमा अबैध तरिकाले बाटो मर्मत लगायतको बहानामा रकम असुल गरिरहेको समाचार मंगलबार सार्वजनिक भएको थियो ।

अबैध धन्दाबाट उठेको रकम प्रहरी परिसर प्रमुख, जिल्ला प्रशासन कार्यालय प्रमुख, जिल्ला समन्वय समितिका सभापति, गोदावरी नगरपालिकाका मेयर लगायतलाई खर्च छुट्टाउनु पर्छ भन्ने अभिव्यक्ति दिँदै हिडेको भन्दै अध्यक्ष विष्टलाई पक्राउ गरिएको थियो ।

परिसर प्रमुख लगायतका ब्यक्तिको हुर्मत लिदै हिडेको सूचना पाएपछि परिसर प्रमुख धानुकले विष्ट लगायत अन्य दुई क्रसर व्यवसायीलाई पक्राउ गर्न घुमुवा प्रहरीको टोली गोप्य रुपमा परिचालन गरेको थियो ।

सरकारी अधिकारीको हुर्मत लिने विष्टलाई पक्राउ गरेको जानकारी कसैलाई नदिई परिसरको थुनुवा कक्षमा राखिएको थियो । अध्यक्ष बिष्टलाई पक्राउ गरेको थाहा पाएपछि पूर्व सांसद नेपाल सहितको टोली परिसर पुगेको थियो । परिसरका अन्य अधिकारीलाई समेत जानकारी नदिई बिष्टलाई थुनामा राखिएको भएपनि परिसरका घुमुवाले नै सुचना चुहाएको बताइएको छ ।

पक्राउ परेका बिष्टलाई कारवाही गर्ने अडानमा रहेका परिसर प्रमुख धानुकलाई नेताहरुले दवाव दिएपछि साधारण तारेखमा छाडिएको बताइएको छ । एसएसपी धानुकले अध्यक्ष बिष्ट बिरुद्ध कारवाही गर्न फाईल तयार गर्न दिएको निर्देशन समेत नेताको कानमा परेपछि बिष्ट साधारण तारेखमा छुट्न सफल भएको परिसरका एक अधिकृतले जानकारी दिए ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement