जनसेवी र स्वाभिमान लघुवित्तको आईपीओमा मागभन्दा बढीको आवेदन

Advertisement

काठमाडौं । जनसेवी लघुवित्त र स्वाभिमान लघुवित्तको आईपीओमा आबेदन गर्ने लगानीकर्ताहरुले माग भन्दा बढीको आवेदन दिएका छन् । जनसेवी लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल अनुसार मंगलबार साँझसम्ममा जनसेवीमा १४.२३ गुणा र स्वाभिमानान लघुवित्तको सिद्धार्थ क्यापिटलका अनुसार ३२.६६ गुणा बढी आबेदन परेको हो ।

बैशाख २७ गतेदेखि सर्वसाधारणमा बिक्रीमा ल्याएको दुबै लघुवित्तमा माग भन्दा बढी आबेदन परेको बिक्री प्रबन्धकले जनाएका छन् ।

जनसेवीको आईपिओमा ६१ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन परेको छ । ३ लाख ३६ हजार ८५१ बढी आवेदकबाट सो माग भएको हो । स्वाभिमानको आईपिओमा ६० लाख ६१ हजार ७७० कित्ताको आवेदन परेको छ । ३ लाख २७ हजार ४४७ आवेदकबाट सो माग भएको हो ।

जनसेवीले जारी पूँजीको ३२.१० प्रतिशत अर्थात १४ करोड ४३ लाख ३० हजार रुपियाँको ३२.१० प्रतिशत अर्थात प्रतिसेयर एक सय रुपियाँका दरमा चार करोड ६३ लाख ३० हजार रुपियाँ बराबरको चार लाख ६३ हजार ३०० कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये सामुहिक लगानीकोषहरुका र कर्मचारीका लागि छुट्टाएर बाँकी ४ लाख ३२ हजार ९९० कित्ता सेयरमा सर्वसाधारणलाई बिक्री खुला गरेको हो । आईपिओ जारी पश्चात लघुवित्तको चुक्ता पूँजी १४ करोड ४३ लाख ३० हजार पुग्नेछ ।

यसैगरि स्वाभिमान लघुवित्तले जारी पूँजीको ३२.११ प्रतिशत बराबरको एक लाख ९८ हजार ६१० कित्ता शेयर निष्काशन गरेको हो । कूल निष्काशित सर्वसाधारण सेयरमध्ये कर्मचारीलाई र सामुहिक लगानी कोषहरुका लागि छुट्टाएर बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणको लागि बिक्रीमा ल्याएको हो ।

रुपन्देहीको तिलोत्तमा, ५ मा केन्द्रीय कार्यालय रहेको स्वाभिमानको हाल ४ करोड २० लाख रुपियाँ चुक्ता पूँजी रहेको छ भने आईपीओ निष्काशन पश्चात ६ करोड १८ लाख रुपियाँ पुग्नेछ । आईपीओमा न्युनतम १० देखि बढीमा एक हजार कित्तासम्म आवेदन गर्न पाईने छ ।

निवेदनकर्ता धेरै र निष्काशित आईपीओ संख्या थोरै भएका कारण लगानीकर्ताले दुवै लघुवित्तको १० कित्ता सेयर हात पार्न पनि कठिन छ ।

Advertisement

Advertisement

Advertisement