सुनको मूल्य घट्यो, तोलामा ४ सय कम

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ६१ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज ४ सय रुपियाँले घटेर ६० हजार ६०० रुपियाँमा कारोबार भएको हो ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोलामा ६० हजार तीन सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार ९५५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५१ हजार ७०० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य सात सय २५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय २१ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement