हामी इरानसँग युद्ध चाहँदैनाैँ : अमेरिका

Advertisement

अमेरिका । अमेरिका र इरानबीच बढिरहेको तनावका विषयलाई लिएर अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले अमेरिकाले इरानसँग युद्ध नचाहेको बताएका छन् ।
रुस भ्रमणमा रहेका विदेश मन्त्री पोम्पियोले इरानले अमेरिकालाई सामान्य देशको जस्तै व्यवहार गरोस् भन्ने चाहेको बताए । तर उनले अमेरिकी हितमाथि हमला भए त्यसको जवाफ दिने पनि बताएका हुन् ।

यसैबीच इरानका सर्वोच्च नेता आयातुल्लाह खामनेइले पनि अमेरिकासँग कुनै युद्ध नहुने बताएका छन् । गएको हप्ता मात्रै अमेरिकाले मध्य पूर्वमा विमानवाहक युद्धपोत तैनाथ गरेको थियो ।

संयुक्त अरब इमिरेट्ससे आफ्नो क्षेत्रमा चार वटा जहाजमाथि आक्रमणको प्रयास गरेको इरानमाथि आरोप लगाएपछि स्थिति तनावपूर्ण भएको थियो । रिपोर्टका अनुसार, अमेरिकी जाँचकर्ताहरुले यो घटनामा इरान र सहयोगी समूहको संलग्नता रहेको बताएका थिए ।

यद्दपि त्यो घटनामा इरानी भूमिकाको कुनै ठोस प्रमाण आइसकेको छैन । इरानले भने यो घटनाको पूर्णरुपमा जाँच हुनुपर्ने बताएको छ ।

Advertisement

Advertisement

Advertisement