राष्ट्रिय बीमा संस्थानको जीबन बीमा कोषमा १५ प्रतिशतको वृद्धि

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको जीबन बीमा कोषमा चालु आर्थिक वर्षको ९ महिनामा २० अर्ब ७ करोड ३६ लाख रुपियाँ पुगेको छ। गत आवको तेस्रो त्रैमासको तुलनामा कम्पनीको जीबन बीमा कोष ५ अर्ब तीन करोड ४० लाख रुपियाँले बढेको छ। यो कोषको १५ प्रतिशतको वृद्धि हो ।

संस्थानले चालू आर्थिक तेस्रो त्रैमासम्ममा एक करोड ६८ लाख ५८ हजार रुपियाँँ खुद नाफा कमाएको छ। जुन गत वर्षको यसै अवधिको तुलनामा २१ लाख ५५ हजार रुपियाँ बढी हो। गत आवको सोहि अवधिमा कम्पनील एक करोड ४७ लाख २ हजार रुपियाँ खुद नाफा कमाएको थियो।

संस्थानको चुक्ता पूँजीमा १८ करोड १० लाख रुपियाँ रहेको छ । त्यस्तै, संस्थानले जगेडा कोषमा पूँजीभन्दा धेरै १८ करोड ६६ लाख रुपियाँ सञ्चित भएको छ।

कम्पनीले यस अवधिमा ५ अर्ब ६३ करोड २१ लाख खुद बीमा शुल्क आर्जन गरेर दुई अर्ब २७ करोड एक लाख रुपियाँ खुद दाबी भुक्तानी गरेको छ। गत आवको तेस्रो त्रैमासमा यस कम्पनीले दुई अर्ब ३३ करोड ८२ लाख रुपियाँ खुद बीमा शुल्क आर्जन गरेर दुई अर्ब ६० करोड १७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

संस्थानको गत आवको तुलनामा तेस्रो त्रैमासम्ममा खुद बीमा शुल्क आर्जन रकम ३ अर्ब २९ करोड ३८ लाखले बढेको छ भने ३३ करोड १५ लाख कम खुद दाबी भुक्तानी गरेको छ। कम्पनीले राष्ट्र सेवक कर्मचारीहरुबाट २ अर्ब ९५ करोड बीमा शुल्क संकलन गरेको संस्थानले जनाएको छ।

यस कम्पनीले ६ अर्ब ५४ करोड ९० लाख रुपियाँ दीर्घकालीन लगानी तथा कर्जा प्रवाह गरि एक अर्ब १६ करोड ३७ लाख र एक अर्ब ३५ करोड ९४ लाख बीमालेख धितोमा कर्जा प्रवाह गरेर ७ करोड ३६ लाख रुपियाँ आम्दानी गरेको छ। यस कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १२ रुपियाँ ४२ पैसा कायम भएको छ।