भारतबाट विदेश जानेले दूतावास नगई इमेलबाटै निवेदन दिन सक्ने (सूचनासहित)

Advertisement

काठमाडौं । भारत हुँदै तेश्रो मुलुकको यात्रा गर्ने नेपालीहरुलाई भारतीय अध्यागमन पार गर्न नेपाली राजदूतावासको शिफारिस पत्रका लागि इमेलबाटै निवेदन दिन सकिने भएको छ ।

दिल्ली स्थित नेपाली दूतावासले शिफारिस पत्र (एनओसी) सम्बन्धी सूचना प्रकाशित गरी इमेल मार्फत निवेदन दिन सक्ने जनाएको हो ।

सम्बन्धित व्यक्ति उपस्थित हुन नसक्ने अवस्थामा नेपाली दूतावास, नयाँ दिल्लीको इमेल ठेगानामा शिफारित पत्रका लागि निवेदन दिन सकिने र इमेलबाटै शिफारिस पत्र निवेदकलाई उपलब्ध गराइने सूचनामा उल्लेख छ ।

दूतावासले शिफारित पत्रका लागि भारत हुँदै तेश्रो मुलुक जानु पर्ने मनासिव कारणसहित सम्बन्धित व्यक्तिको हस्ताक्षर सहितको निवदेन, यात्रा गर्ने व्यक्तिको राहदानी र सोको प्रतिलिपी, गन्तव्य देशको भिसा र हवाई टिकटको प्रतिलिपि सहित सम्पर्क गर्नु पर्ने दूतावासले जनाएको छ ।

त्यसैगरी, शिफारिस पत्रका लागि रोजगार भिसामा विदेश जाने व्यक्तिले बैदेसिक रोजगार विभाग वा अन्तर्गतबाट जारी श्रम स्वीकृतिको प्रतिलिपि, यसअघि भारतबाहेक तेश्रो मुलुक भ्रमण गरेको भएमा यात्रा अभिलेख (भिसा, आगमन, प्रस्थान आदि) को प्रतिलिपि र अध्ययन, व्यवसायको सिलसिलामा भारतमा रहेका नेपालीहरुको हकमा अध्ययनरव्यवसायसँग सम्बन्धित परिचयपत्ररकागजातहरु पेश गर्नु पर्ने भारत स्थित नेपाली दूतावासले सूचनामा उल्लेख गरेको छ ।

NOC-letter-Dutabas

Advertisement

Advertisement

Advertisement