बौद्ध–जोरपाटी सडकको कालोपत्रे गर्न शुरु

Boudda-jotpati-kalopatre

काठमाडौं । सडक विस्तार गर्ने भनिएता पनि वर्षौंदेखि अलपत्र परेको बौद्ध–जोरपाटी सडक खण्डको कालोपत्रे (पिच) शुरु भएको छ । धुलोधुवाँ सहनुपरेको भन्दै स्थानीयबासी तथा व्यापारी विरोध प्रदर्शन उत्रिएपछि बौद्ध–जोरपाटी सडक खण्डमा पिच गर्ने काम सुरु भएको हो।

चाबहिलदेखि जोरपाटीसम्मका स्थानीयले उक्त सडक खण्डमा धुलो बढी हुँदा पनि सरकार र ठेकेदारले बेवास्ता गरेको भन्दै बाटो बन्द गराएका थिए ।

united

गएको साता बाटो बन्द गराएर आन्दोलनमा उत्रिएका स्थानीय र व्यवसायीले शंख बजाएर सरकारको विरोध गरेका थिए । सडक छेउका व्यवसायी पनि पसल बन्द गरेर सडकमा उत्रिएका थिए । उक्त सडकखण्ड वर्षौं बित्दासमेत पिच नभएको भन्दै स्थानीय आक्रोशित भएका थिए।