सेयर बजारमा एक अर्ब ३३ करोडको कारोबार, नेप्सेमा पनि सुधार जारी

Advertisement

काठमाडौं । सेयर बजारको कारोबार निकै उत्साहप्रद देखिन थालेको छ । मंगलबार एक अर्ब ३ करोड रुपियाँको सेयर किनबेच भएकोमा बुधबार त्यो बढेर एक अर्ब ३३ करोडको सेयर किनबेच भएको छ । सेयर बजार परिसुचक मंगलबार दोहोरो अंकले बढेकोमा आज एक अंकले मात्रै सुधार भएको छ ।

आज धेरै कारोबार गर्नेमा एनसीसी बैंक सबैभन्दा अगाडि छ । उसको १४ करोड ८२ लाख रुपियाँ कारोबार भएको छ । त्यसपछि नेपाल बैंकको १३ करोड २४ लाख रुपियाँको कारोबार भएको छ भने शिवम सिमेन्टको पनि १३ करोडको रुपियाँको सेयर कारोबार भएको छ । एनसीसी बैंकविरुद्ध परेका सबै मुद्दा खारेज भएसँगै उसको सेयर कारोबार बढेको हो ।

आज होटल, जलविद्युत, निर्जीवन बीमा, उत्पादनमूलक, जीवन बीमा र म्युचुअल फण्ड समूहका उपसुचकहरुमा गिरावट भएको छ भने बाँकी समूहका उपसुचकहरु उकालो लागेका छन् । सबैभन्दा बढि व्यापार समूहको उपसुचक चार दशमलव १८ प्रतिशतले बढेको छ ।

आज नाफा धेरै गर्नेमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा हिमालय डिष्टिलरीका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement