एक वर्षमा बीमाको पहुँच आठ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । एक वर्षको अवधिमा बीमाको पहुँच आठ प्रतिशत बढेको छ । संरचनागत र संस्थागत सुधारका कारण बीमाको पहुँच बढेको हो । अघिल्लो वर्षसम्म १० प्रतिशत हारहारीमा रहेको बीमा पहुँच अब कुल जनसंख्याको १८ प्रतिशतमा पुगेको नियामक बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले बताए ।

विकाशित मुलुकमा एक सय प्रतिशत बिमाको पहुँच हुने गरेकोमा नेपालमा १८ प्रतिशत मात्र हुन धेरै कम भएको उनको भनाई छ । नेपालमा बीमाको पहुँच बढ्दै गएको उनले जानकारी दिए । नेपालमा बीमा व्यवसाय सुरु भएको ७० वर्ष बितेको छ । पछिल्ला वर्षमा बीमाको नियमन र सुपरीवेक्षण अझ प्रभावकारी बन्दै गएको, कम्पनीमा संस्थागत सुशासन कायम, चुक्तापुँजी वृद्धि, बिमालेख र निर्देशिकामा सुधार गरिएको उनले जानकारी दिए ।

समितिले गरेको निर्देशिकामा सुधारले बीमा कम्पनीले कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा लगानी विस्तार गर्न पाउने बाटो खुला गरेको छ । गत आर्थिक वर्षसम्म जीवन बीमा व्यवसाय बढेर ५१ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको पुससम्म १९ कम्पनीले ३१ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको समितिले जानकारी दिएको छ ।

यसैगरी गत पुससम्म २० निर्जीवन बीमा कम्पनीले ११ अर्ब रुपैयाँ शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षमा २२ अर्ब ३७ करोड रुपैयाँको बीमालेख बिक्री भएको समितिको तथ्याँकमा उल्लेख छ । जीवन र निर्जीवन गरी देशभरी ४० बीमा कम्पनी सञ्चालनमा रहेका छ न् ।

यीमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ नेपाल लिमिटेड ९एलआईसी० र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड संयुक्त लगानीमा, मेटा लाइफ नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेड र दी ओरियन्टल इन्स्योरेन्स कम्पनी लिलिमटेड विदेशी शाखाकोरुपमा कार्यरत छन् ।

Advertisement

Advertisement

Advertisement