नविल बैंक र नेपाल इन्स्योरेन्सबीच सम्झौता

Advertisement

काठमाडौँ । नविल बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बिमा सेवा प्रदान गर्नेसम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ ।

सम्झौताअनुुसार नविल बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरूबाट बैंकका ग्राहकहरूले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा नविल बैंककातर्फबाट नीरज शर्मा र नेपाल इन्स्योरेन्सतर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले संयुक्त रूपमा हस्ताक्षर गरे ।

 

Advertisement

Advertisement

Advertisement