१५औं योजनासँग हार्मोनाइज हुनेखालको समाजवादी बजेट ल्याउः अर्थविद्

Advertisement

काठमाडौं । अर्थविद्द्धय दिपेन्द्रबहादुर क्षेत्री र डा. चन्द्रकान्त पौडेलले अबको बजेट संघीयता कार्यान्वयन गर्ने समाजवादी बजेट हुनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लवमा बुधबारमा उनीहरुले बजेट धेरै महत्वकाँक्षी हुनुनहुने भन्दै १५औं योजनासँग हार्मोनाइज हुनेखालको बजेट ल्याउन सरकारलाई सुझाव दिए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं पूर्व गभर्नर क्षेत्रीले संघीयतालाई कार्यान्वयन गर्ने खालको बजेट आउनुपर्ने बताए ।

क्षेत्रीले संघले ठूला–ठूला आयोजना, प्रदेशले मझौला र स्थानीय सरकारले सानातिना आयोजनाहरु हेर्नेगरि बजेट ल्याउन सरकारलाई सुझाए । उनले खर्च गर्न नसक्ने बजेट ल्याउन नहुने पनि तर्क गरे ।

विगतमा एक सातामा कुल बजेटको ११ प्रतिशत बजेट खर्च भएको तितो सुनाउँदै क्षेत्रीले बजेटको कार्यान्वयनको अनुगमनमा पनि विशेष जोड दिनुपर्ने बताए । रकमान्तर गर्ने कुरा पनि संवेदनशील रहेकोले यसतर्फ पनि सरकार सचेत हुनुपर्ने उनको भनाई छ ।

वर्तमान सरकारलाई समाजवादउन्मुख अर्थतन्त्रको दिशा समात्ने अवसर भएकोले नेतृत्वले अवसर गुमाउन नहुने पनि क्षेत्रीले बताए ।

अर्का अर्थविद् पौडेलले योजना आयोगको १५ औं योजनासँग अब आउने बजेट हार्मोनाईज हुनुपर्ने बताए । उनले भने, ‘अहिले दुई तिहाई बहुमतको स्थायी सरकार छ । संस्थागत सुधारहरु देखा परेका छन् । भर्खरै उत्साहजनक लगानी सम्मेलन भएको छ ।’

पौडेलले पपुलिष्ट र महत्वकांक्षी बजेट ल्याउन नहुने सुझाव दिए । उनले भने, ‘साहसपूर्ण प्रस्तुति हुनुपर्छ । समाजवादी अर्थतन्त्रको लक्षण देखिनुपर्छ । अहिलेको बजेट समाजवादी बजेट आउने संकेत प्राप्त भएको छ ।’ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा र दोहोरो अंकको आर्थिक वृद्धि द्धरको कुरा उल्लेख भएको सुनाउँदै उनले यो राम्रो पक्ष भएको जिकिर गरे ।

पौडेलले पूर्वाधार विकासमा जोड दिनेगरि बजेट आउने विश्वास दिलाए । उनले भने, ‘स्वाधिन अर्थतन्त्रको लक्षण शिरोधार्य गर्नुपर्छ ।’ मुलुकको व्यापार घाटालाई सम्बोधन गर्नेगरि बजेट आउनुपर्ने पौडेलको सुझाव छ ।’ औद्योगिक क्षेत्रलाई पनि विशेष जोड दिनेगरि बजेट आउनुपर्ने उनको भनाई छ ।

Advertisement

Advertisement

Advertisement