म आइपुगें (फोटो फिचर)

Advertisement

काठमाडौं । भियतनाम र कम्बोडियाको भ्रमण सरकार प्रधानमन्त्री केपी ओली स्वदेश आइपुगेका छन् । उनी बुधबार साँझ काठमाडौं ओर्लिएका हुन् । उनी गत वैशाख २६ गते भियतनाम र कम्बोडिया भ्रमणका लागि हिंडेका थिए ।

प्रधानमन्त्री ओली आउँदा उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्वसभामुख सुवाश नेम्वाङलगायत पुगेका थिए । विमानस्थलमा उनले भ्रमणका क्रममा भएको प्रगतिबारे बताएका थिए ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ओली त्यसतर्फ गएका थिए । भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट गर्नुका साथै भियतनाममा आयोजित अन्तर्राष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गरेका थिए।

Advertisement

Advertisement

Advertisement