नेपाल बङ्गलादेश बैंकले जेठ १४ गतेदेखि ऋणपत्र जारी गर्ने

Advertisement

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले यहि जेठ १४ गतेदेखि २ अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ मार्फत एक हजार रुपियाँ अंकित दरमा २० लाख युनिट 'एनबिबि डिबेञ्चर २०८५' निष्काशन गर्न लागेको हो।

निष्काशित ऋणपत्र २ अर्बको २० लाखमध्ये ६० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात ८० करोड बराबको ८ लाख युनिट ऋणपत्र सर्वसाधारणका लागि निष्काशन हुनेछ।

दश वर्ष अवधिको उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् । ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ ।

ऋणपत्रमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था रतिनको शाखा कार्यालय मार्फत ७७ जिल्लाबाटै आवेदन गर्न सक्नेछन् ।

ऋणपत्र छिटोमा जेठ १४ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा भने असार ८ गतेसम्म आवेदन दिन सकिनेछ।

Advertisement

Advertisement

Advertisement