सुनको मूल्य बढ्यो, तोलामा १ सयको वृद्धि

Advertisement

काठमाडौं । साताको पाँचौँ दिन आज बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ६१ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज ४ सय रुपियाँले बढेर ६० हजार ७०० रुपियाँमा कारोबार भएको हो ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोलामा ६० हजार तीन सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५२ हजार ४० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५१ हजार ७८५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य सात सय २५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय २१ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement