एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने

Advertisement

काठमाडौं । एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने भएको छ । यसअघि प्राइम कमर्सियल बैंकसँग एक्विजिशन प्रकृयामा रहेको ओमलाई प्राइमसँगको सम्झौता बिग्रिएपछि एनएमबि बैंकले प्राप्ती गर्ने भएको हो ।

जेठ २ गते बिहिबार दिउँसो होटेल अन्नपूर्णमा दुई बैंकबीच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ ।

मर्जरपछि बन्ने एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृत हालका एनएमबी बैंकका सीइओ सुनिल केसी र ओम डेभलपमेन्ट बैंकका विश्वमोहन अधिकारी डेपुटी सीइओमा रहने जानकारी दिईएको छ ।

दुबै बैंक तीन महिना भित्र मर्जर प्रक्रिया सकेर एकीकृत कारोबार सुरु गर्नेमा सहमत भएका छन् । प्राइमसँग सम्झौता भाँडिएपश्चात राष्ट्र बैंकले दुबै बैंकलाई तीन महिनाभित्र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्न निर्देशन दिएको थियो।

हाल स्वाप रेसियोको टुङ्गो लागिसकेको छैन। ओम डेभलपमेन्ट बैंकले मागेको १००ः ८० को स्वाप रेसियोमा सम्झौता भएको छ ।

प्राइम बैंकसँग एक्वीजिशनमा बोनस घोषणाले उत्पन्न गराएको दरार कर्मचारी समायोजनमा कुरा नमिलेपछि प्रक्रिया भाँडिएको थियो। एनएमबि बैंकको व्यवस्थापनले प्राइमको समस्या नदोहोरिने आवश्वाशन दिएपछि ओम एनएमबि बैंकमा विलिन हुन राजी भएको हो ।

हाल एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रहेको छ भने पोखरामा प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २ अर्ब ५१ करोड रहेको छ। एकीकृत बैंकको चुक्ता पूँजी साढे ११ अर्ब माथि पुग्नेछ ।

यस्तै, यी दुई बैंकबीच चालु आर्थिक वर्षका लागि एकैसाथ लाभांश घोषणा गर्ने र दुवै बैंकले एकदिन विशेष साधारणसभा डाकेर लाभांश पारित गर्ने समझदारी समेत बनेको छ ।

Advertisement

Advertisement

Advertisement