एनआईसी एशियाले ग्राहकलाई अल्का अस्पतालमा २० प्रतिशत छुट दिने

NIC-ASIA-ALCA

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र अल्का अस्पताल प्रालि, काठमाडौंबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पछि बैंकका ग्राहकले अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट पाउने छन् । एनआईसी एशिया बैंकका ग्राहकले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवम् क्रेडिट कार्डमार्फत् उपचार शुल्क भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्ने जारी विज्ञप्तीमा उल्लेख छ ।

united

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र अल्का अस्पतालको तर्फबाट कार्यकारी निर्देशक विद्याश्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले हस्ताक्षर गरेका छन् ।