पिताको शवलाई छोराले बिस्तारै खाँदै थिए, स्थिती देखेर पुलिसको समेत होस् उड्यो

Advertisement

भारत । भारतको झारखण्डमा एउटा निकै डरलाग्दो घटना सार्वजनिक भएको छ । भारतीय मिडिया आजतकका अनुसार यहाँका एक मानसिक रोगी छोराले आफ्नो पिताको मृत्युपछि उनको शव बिस्तारै खाइरहेका थिए ।

घटना पलामू जिल्लाको दनबदार गाउँको हो । पुसिल अधिक्षक इन्द्रजीत महाताका अनुसार दनबदार गाउँमा ४५ वर्षे सुरेश मोची आफ्ना छोरासँग बस्दथे । उनका छोरा मानसिक रुपमा बिरामी थिए । मानिसहरुले सुरेशको घरबाट दुर्गन्ध आएपछि यसबारे पुलिसलाई जानकारी दिएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार पुलिस जब सुरेशको घरमा पुगे तब धेरैबेरसम्म ढोका ढक्ढकाउँदा पनि कसैले खोलेनन् । त्यसपछि पुलिसले ढोका तोडेर भित्र पसे । भित्रको स्थिती देखेर पुलिसको समेत होस् उड्यो ।

भित्र जाँदा सुरेश झुण्डिरहेको भेटिए । उनले कथित रुपमा तीन दिन अघि झुण्डिएर आत्महत्या गरेका हुन् । आत्महत्या गर्नुअघि सुरेशले मानसिक रोगी छोरालाई डोरीले बाँधिदिएको हुनसक्ने पुलिसले आशंका गरेको छ ।

पुलिसले जब कोठाको अनुसन्धान गरे तब मानसिक रोगी छोराले पिताको अंग बिस्तारै खाइरहेको पाए । भुइँभरी केही अंग छरिएका पनि पाइयो । शरीरमा टोकेको दाग पनि देखिएको पुलिसले बताएको छ ।

पुलिसले सुरेश मोचीको शव कब्जामा लिएर छोरालाई अस्पताल भर्ना गरे । मोचीकी श्रीमती आफ्ना छोरा–बुहारीसँग अलग्गिएर बस्ने गरेको बताइन्छ । उनका अर्का छोरा पंजाबमा काम गर्छन् ।

पुलिसले आत्महत्याको मामला दर्ता गरेर अनुुसन्धान गरिरहेको छ । पुलिसले पारिवारिक कारणले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ ।

Advertisement

Advertisement

Advertisement