काठमाडौं मलभित्र करोडौंको अनियमितता, दोषीलाई कारवाहीको माग गर्दा आक्रमण र धम्की

The-Kathmandu-Mall-bibad-dispute

काठमाडौं । द काठमाडौं मल व्यापार संघले मलमा करोडौंको घोटाला भएको कुरा प्रमाणसहित बाहिर ल्याउँदा पनि सरकारले अहिलेसम्म छानबिन गरि दोषीहरुलाई कारबाही नगरेकोमा गुनासो पोखेको छ ।

संघले बिहीबार पत्रकार सम्मेलन गरेर यस्तो गुनासो पोखेको हो । संघकी अध्यक्ष सुष्मा महराले मलमा भएको करोडौंको आर्थिक घोटालाबारे आफूहरुले सुरुवातदेखि नै आवाज उठाएको तर सम्बन्धित सरोकारवाला निकायहरुले अहिलेसम्म यसबारेमा कुनै कारबाही नगरेकोमा आक्रोश पोखिन् ।

महराले आफूहरुले मलमा भएको ज्यादती र घोटालाबारे बोल्दा उल्टै घोटालामा संलग्न व्यक्तिहरुले गुण्डा लगाएर भौतिक आक्रमणसमेत गरेको सुनाईन् । उनले भनिन्, ‘ममाथि ज्यान मार्ने उद्देश्यले भौतिक आक्रमण नै भयो । तर, अहिलेसम्म यसबारेमा सरकारले केही कदम चालेन् । म कहाँ–कहाँ जान्छु ? भन्ने कुरा तिनीहरुलाई थाहा हुन्छ, उनीहरु मेरो पिछा गरेर हिँडिरहेका छन् । अहिले पनि मेरो ज्यानमाथि असुरक्षा छ ।’

त्यस्तै, महराले आफूसँग सहकार्य गरेर हिँडिरहेका पीडित व्यापारी साथीहरुलाई पनि गुण्डाहरुले दुःख दिने काम गरिरहेको जानकारी दिईन् । उनका अनुसार दर्जनौं साथीहरु अहिले पनि पीडामा छन् । उनले भनिन्, ‘नयाँ व्यवसायी साथीहरुलाई आफ्नो साथमा लिएर मलमा घोटाला गर्ने गुण्डाहरु हिँडिरहेका छन् ।’ महराले मलमा देखिएको घोटालाबारे सञ्चयकोष बेखवरजस्तै बनेको पनि आरोप लगाईन् ।

उनले थपिन्, ‘अब जतिसक्दो चाँडो सञ्चय कोषले नयाँ वैज्ञानिक भाडादर कायम गरेर एग्रिमेन्ट गरिदिनुपर्छ । हामीले कम्तिमा पनि तीनदेखि पाँच वर्षसम्मको लागि सम्झौता कायम गर्नुपर्ने माग गर्दै आएका छौं ।’ नयाँ टेण्डर खोल्दा पनि वैज्ञानिक भाडादर कायम गरिनुपर्ने उनको माग छ ।
आफूले सुरुवातदेखि नै घोटालाबारे बोल्दै आएको सुनाउँदै महराले आफूलाई ती घोटालामा संलग्न व्यक्तिहरुले एक दिन ज्यान मार्नेसम्मको खुलासा गरिन् । उनले भनिन्, ‘मैले बोलेपनि नबोलेपनि मलाई ती गुण्डाहरुले मारिहाल्छन् । तर, म नबोलेर मर्नुभन्दा पनि बोलेर मर्न चाहन्छु । सायद आजको पत्रकार सम्मेलन मेरो अन्तिम पत्रकार सम्मेलन पनि हुनसक्छ ।’

संघका सल्लाहकार उज्वलजंग शाहले पनि मलमा भएको विसंगतिका बारेमा बोल्दा उल्टै आफूहरुलाई भौतिक रुपमै आक्रमण भएकोमा दुःखेसो पोखे । आफूहरुले घोटालाबारे प्रमाणसहित सत्य कुरा बाहिर ल्याउँदा पनि सरोकारवाला निकायले कुनै चासो नदेखाएको पनि उनले आरोप लगाए ।

शाहले आफूहरुमाथि भौतिक आक्रमण भएको आज महिना दिन बित्न लाग्दापनि अहिलेसम्म सरकारले आक्रमणमा संलग्न व्यक्तिहरुलाई कुनै कारबाही नगरेकोमा आपत्ति जनाए । उनले भने, ‘हामीमाथि आक्रमण गर्नेहरु अहिलेपनि खुलेआम हिँडिरहेका छन् । तिनीहरुले अहिले पनि हामीलाई फोनबाट ज्यान मार्ने धम्की दिईरहेका छन् । हाम्रो ज्यान असुरक्षित छ ।’

आफूहरुले आक्रमणलगत्तै किटानी जाहेरीको लागि प्रहरी प्रशासन धाउँदासमेत कुनै सुनुवाई र सहयोग नभएको पनि शाहले दुःखेसो पोखे । उनले भने, ‘अहिले कानूनी राज्यको उपहास भएको छ । हामीमाथि आक्रमण गर्नेहरुको नाम नै किटान गरेर उजुरी दिन जाँदासमेत प्रहरी प्रशासनले किटानी लिएन ।’

मलमा घोटाला गर्नेहरुले राजनीतिक पहुँचको आधारमा आफूहरुजस्तो व्यवसायीहरुलाई धम्क्याउने काम गरेको उनको भनाई छ । शाहले भने, ‘हामीमाथि दिन प्रतिदिन भौतिक आक्रमण भैरहेको छ । तर, प्रहरी प्रशासनले भने कारबाही गर्नुको साटो कानमा तेल हालेर बसेको छ ।’
कार्यक्रममा मलमा व्यवसाय गर्दै आएकी अजिता सिटौलाले आफूहरुले मलमा भएको अनियमितताको बारेमा बोल्दा उल्टै धम्की खाईरहेको सुनाईन् । उनले सरकारले मलमा भएको आर्थिक घोटालाबारे यथाशिघ्र छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्ने र मलमा व्यवसाय गर्नेहरुलाई आगामी दिनमा पनि व्यवसायलाई निरन्तरता दिने वातावरण सिर्जना गर्नुपर्ने माग गरिन् ।

त्यस्तै, कार्यक्रममा मलमा व्यवसाय गर्दै आएकी संघकी सदस्य अनिता बुढाथोकीले पनि मलमा भएको घोटालाबारे बोल्दा उल्टै ज्यान मार्न खोज्नु कानुनी राज्यको धज्जी उडाउने काम भएको टिप्पणी गरिन् । उनले भनिन्, ‘व्यापार व्यवसाय गरिसकेपछि हिसबकिताब सबै क्लियर हुनुपर्छ । हिसाब माग्नेले मागेपछि अरुले दिनुपर्छ ।’

मिति –२०७६/२/२

प्रेस विज्ञप्ति

राजधानीको मुख्य भागमा रहेको काठमाडौं मल व्यापारिक केन्दका रुपमा २०६२ सालदेखि सञ्चालनमा आएको हो । नेपाल सरकार सञ्चय कोषको लगानीमा निर्मित भवनलाई अझ प्रख्यात व्यापारिक केन्द्र बनाउन यस मलमा व्यवसाय गरिरहेकाहरुको महत्वपूर्ण योगदान र संचयकोष लाई यहाँ ब्यापार गरीरहेको ब्यवसायीहरुले १ अर्व ६६ करोड समेत भुक्तानी गरीसकेको छ । तर, मल सञ्चालनका लागि सञ्चय कोषले स्पष्ट नीति नलिँदा सधैं अन्योलको अवस्था सिर्जना हुने गरेको छ । यसले व्यवसायी सधैं समस्यामा पर्ने गरेका छन् । सरकारको भवनको लाभ यो मलमा पसिना बगाइरहेका व्यवसायी र सरकारलाई नभइ विचौलियाले लिँदै आइरहेको पछील्लो घटना क्रमले प्रस्ट पारेको छ । ठेकेदारहरु लामो समय नटिक्ने जस्ता कारणले ठेकदार संग लामो समयको सम्झौता गरेर बसेका ब्यवसायको विचिल्लिको अवस्था सृजना भएको छ । निकै कस्टकर अवस्थामा ब्यवसाय गरिरहेका ब्यवसायीहरुको अनुरोमा संचय कोष आफै आएर ब्यवस्थापन समाल्न थाले पछी डुबेका ब्यपारीहरुले केहि राहतको महसुस गर्न नपाउदैँ विस्तृत योजना , ब्यवसायहरुको पुनरब्यवस्थापनलाई ध्याननै नदिई ब्यवसाय गरिरहेका ठाउँ खालि गर्न निकालिएको सुचना न्याय संगत देखिदैन र ब्यपारीहरुको अर्वौ रुपैया जोखिममा परेको छ ।

मल एउटा भवन मात्रै नभइ व्यवसायिक केन्द्र पनि भएकाले यसको आफ्नै प्रतिष्ठा छ । जुन सिधा यहाँ व्यवसाय गरिरहेका ३ सय व्यवसायीहरु र ३ हजार कामदार सँग जोडिन्छ । उनीहरुले आफ्नो व्यवसायलाई नाफामुखी मात्रै नभइ सेवामुखी समेत बनाएकाले नै एउटा भवन आज आमजनको विश्वासिलो किनमेल केन्द्रका रुपमा सुपरिचित छ । व्यवासाय क्षणिक लाभका लागि मात्रै गरिँदैन । दीर्घकालिन लाभको अपेक्षा सहित घरखेत बन्दकी राखेर गरिएको हुन्छ । काठमाडौं मलमा व्यवसाय गर्नेहरुले पनि भविष्यको आशाले वर्तमानमा संघर्ष गरिरहेका हुन् । अनेक उपाय अपनाएर ग्राहकको विश्वास जितेका हुन् । यसरी लागिरहेका व्यवसायीहरुलाई ढुक्क आफ्नो व्यवसाय गर्ने वातावरण बनाउनको सट्टा फेरि पनि अस्थिरता सिर्जना गरेर कर्मचारी संचयकोषले समेत त्रासपूर्ण वातावरण बनाउने काम गरेको छ । चार महिना वितिसक्दा पनि भाडा निर्धारण गर्न सकेको छैन । साथै प्रत्यक संचय कोषका कर्मचारीले कहिले कर कार्यालयको अफिस राख्ने कहिले नगरपालिकाले सबै भवनमा अफिस राख्न लागेको छ जस्ता कुरा गर्ने र ब्यवसायीहरुले सम्पूर्ण भवन जसरी पनि छाड्नैपर्छ जस्ता दिनानु दिनका भ्रमपूर्ण कुराले व्यापारीहरु आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था सिर्जना भईसकेको छ । तसर्थ कमचारी सञ्चय कोषले यस व्यापारिक केन्द्रलाई ब्यवस्थित र २०६२ सालदेखि व्यवसाय गरिरहेको व्यवसायीहरुको हितलाई मध्यनजर गरेर काम गरिदिन हुन र फेरि पनि विचौलिया जन्माउने पैसाको चलखेल गर्ने मौका दिने जस्ता कार्य नगरिदिन अनुरोध गर्दछौं ।

मागहरु
१. काठमाडौं मलबाट भाडा बापत व्यवसायीबाट उठाइ लाखौं घोटला गरिएको बारेमा निष्पक्ष छानिविन गरियोस् र दोषीलाई कारबाही गरियोस् । व्यवसायीका हकहितका लागि भनेर खोलिएको द काठमाडौं मल व्यापार संघका तत्कालिन पदाधिकारी समिर उद्दिन सेखलगायतका पदाधिकारी र सञ्चय कोषका कर्मचारीको मिलेमतोमा १२ करोड गायब पारिएको छ भने ५० करोड भन्दा बढी घोटला भएको छ ।

संघका तत्कालिन पदाधिकारीले २०७१ साल मंसिरदेखि २०७२ असोजसम्मको भाडा व्यवसायीबाट उठाइ सञ्चय कोषलाई नबुझाएर आफैंले हिनामिना गरेको देखिएको छ । सम्झौता अनुसार भाडा नतिरेको भन्दै भुक्तानीका लागि त्यो समयका ठेकेदार प्रविर शमसेर राणाले संघलाई पत्र लेखेका छन् । संस्थालाई संघका पूर्व पदाधिरकारीले उक्त रकम हिनामिना गर्नुका साथै संघको खाताबाट मनलाग्दी रकम झिकेको पाइएको छ । जुन खाताहरुको हिसाबकिताब उनीहरुले लेखा परीक्षणका समय देखाएका छैनन् ।

संघको कुमारी बैंक, सिनर्जी फाइनान्स र शान्ति सन्देश सहकारीमा खाता रहेको पत्ता लागेको छ । संघका ती खाताबाट तत्कालिन कोषाध्यक्ष प्रकाश थापाले मात्रै एक करोड ३४ लाख ८ हजार ८९ रुपैयाँ झिकेको देखिएको छ । अध्यक्ष समिर उद्दिन सेखले मात्रै ५४ लाख ७२ हजार पाँच सय रुपैयाँ झिेका छन् । त्यस्तै प्रथम उपाध्यक्ष मधुसुदन आचार्यले एक करोड ८८ लाख ३४ हजार पाँच सय झिेका छन् । द्वितिय उपाध्यक्ष सन्तोष अधिकारीले ९९ लाख ७ हजार पाँच सय, महासचिव खिम विक्रम सेनले चार लाख १८ हजार, उनका अनुसार अन्य दुई बैंकमा पनि संघको खाता भएको बुझिएको छ तर वर्तमान पदाधिकारीलाई जानकारी गराइएको छैन ।

बैंक स्टेटमेन्टमा उक्त कारोबार देखिएपनि संघको लेखा परीक्षण गराउँदाको ‘क्यास फलो स्टेटमेन्ट’मा भने उक्त रकम देखिएको छैन । २०७२ असारदेखि २०७३ असारसम्मको कारोबारमा जम्मा ७ हजार ३५ ब्यालेन्स रहेको देखाइएको छ । संघका पूर्व पदाधिकारी सहित कर्मचारी सञ्चय कोषका तत्कालिन कर्मचारीलले उक्त रक अपचलन गरेको भन्दै संसदको लेखा समितिमा उजुरी गरिएको छ । छानविन गरी कारबाही गर्न माग गरिन्छ ।

२ मिति २०७५।१०।०३ र २०७५।११।०५ मा राष्ट्रिय दैनिकमा सुचना प्रकाशित सुचना अनुसार भवन वाहिर वनेका टहरा खाली गर्ने ३० दिने र २१ दिने सुचना वाट लामो समयदेखि व्यापार व्यवसाय गरेर वसेका व्यापारी अन्योलमा परेकाले यस मलमा हाल ४० प्रतिशत भन्दा धेरै खालि ठाउँ रहेकोले खालि गर्नु पर्ने अवस्थामा मल भित्र नै व्यवस्थापन गर्नु पर्ने ।

३. कर्मचारी संचयकोषले आप्mना ऐन कानुन देखाएर सधंै ब्यवसायहरुको भविष्य माथि खेलवाड गर्दै आएको देखिन्छ । यसबा६ विचौलिया जन्माई संचयका कमचरीहरुले आर्थिक लाभ लिने कार्य यो भन्दा पहीले पनि हुदै आएको प्रस्ट देखिन्छ । असफल भएका नियमहरुलाई सम्सोधन गरेर नयाँ एनकानुन र ब्यवस्था हुदै आएको धेरै उधारणहरु छन् । यसैलाइ मध्यनजर गरेर नयाँ ब्यवस्था गर्न जरुरी छ ।

४. मिति २०७५।०९।११ देखि कर्मचारी संचयकोषले भवन व्यवस्थापन इकाई सुन्धारा खडा गरी वसेको र ३ महिनाको धरौटी वापतको रकम बुझिसकेको लामो समय विति सक्दा पनि भाडा दर कायम नभएको ले यथासक्य भाडा दर कायम गरी बसिरहेको ब्यवसायी लाइै नै सम्झौताको वातावरण वनाईयोस ।

५. कर्मचारी संचयकोष पुणत सरकारी स्वमीत्वको सस्था भएकाले कर्मचारीहरुले सस्थानका हित , देश जन्तालाई आर्थिक समृद्धिमा टेवा पुर्याउने जस्ता कार्य छाडेर देशमा रोजगारी सृजनागरि राष्ट निमार्णमा लागिरहेका ब्यवसायीहरु लाई सिध्याउने योजना बनाउने यस संघका प्रतिनिधि संग भवन प्रमुख जस्तो ब्यक्तिले मिसन बनाएका छौं । खालि नगरे प्लान वि लागु गर्ने जस्ता कुराले त्रसित परेर दादगिरि सैलिमा उर्तिनु असोभनिय कुरा हो । संचयकोष कर्मचारीको मिसन केहो प्लान वि के हो प्रष्ट पार्न अनुरोध गरिन्छ ।

६. यस मलमा भएका विद्युतिय भर्याङ्ग तथा अन्य उपकरण हरु विगत ५ वर्षदेखि केहिकाम नलाग्ने अवस्थामा पनि हामी व्यापार व्यवसाय गरेर दुःखका साथ भाडा, वक्ति, पानी बुझाईरहेको सर्वविदितै छ । यी उपकरणहरु यथा सक्य सञ्चालनमा ल्याई मलको प्रत्याभुति दिलाई दिनुहुन अनुरोध छ ।

७. यस कर्मचारी संचयकोष सुन्धारा भवन काठमाण्डौ मल २०६२ साल देखि संचालनमा आए पश्चात कर्मचारी संचयकोषले हामि ब्यवसायी वाट १ अर्व ६६ करोड भन्दा माथि असुलि सकेको छ । यति धेरै रकम असुल गरिसक्दपनि रंगरोगन मर्मत सम्हार सरसफाई केहि नभएकोले भूत वंगलाको रुपमा परिणत भईरकाले यथा सक्य रंगरोगन, मर्मत सम्हार तथा सरसफाईमा उचित ध्यान दिईयोस ।

८. केही महिना देखि कर्मचारी संचयकोषले यस मलमा कार्यालय खडा गरी कार्य गरिरहेको र हाल सम्म पनि भाडा दर कायम नभएकोले हामी व्यापारी अन्योलमा परेका छौं । भाडा दर तोक्ने जस्तो संवेदनशिल कार्यमा यस काठमाण्डौ मलका व्यापारीहरुको छाता संगठन व्यापार संघका प्रतिनिधि समावेश गरि वैज्ञानिक तवर वाट भाडा दर कायम गरियोस् ।

अध्यक्ष
सुषमा महरा
द काठमाण्डौं मल ब्यापार संघ