हिमालयन बैंक, पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसबीच पर्यटन प्रवद्र्धनको लागि सहकार्य

Advertisement

काठमाडौँ । नेपालमा पर्यटन प्रवद्र्धनलाई लक्षितगरि हिमालयन बैंक, नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसको सहकार्यमा ‘एक्स्पेरियन्स नेपाल’ अभियान शुभारम्भ भएको छ । अमेरिकन एक्स्प्रेस कार्ड प्रयोगकर्ता विदेशी पर्यटकहरुलाई नेपाल भ्रमण गर्न यहाँको मौलिकता, विविधता र प्राकृतिक सौन्दर्यताको अनुभुती गर्ने उद्देश्यले ‘एक्स्पेरियन्स नेपाल’ अभियान शुभारम्भ गरिएको हो ।

पत्रकार सम्मेलनमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले यो अभियानको शुभारम्भबाट अमेरिकन एइक्स्प्रेसकार्ड प्रयोगकर्ताहरुले विविधताले भरिएको सुन्दर देश घुम्ने र अनुभव लिने मात्र नभई हिमालयन बैंकका विभिन्न मर्चेन्ट पार्टनरहरुबाट विषेश छुट प्राप्त गर्न सकिने बताए । उनले यो अभियानबाट विदेशी पर्यटकहरुको भ्रमणको गन्तव्यमा पहिलो रोजाईमा पर्ने विश्वास व्यक्त गरे ।

यो अभियान सन् २०२० को जुन महिनासम्म चल्नेछ । यस अवधिमा नेपाल घुम्न आउने अमेरिकन एक्स्प्रेस कार्डधारी पर्यटकहरुले नेपालमा विभिन्न सुविधाका साथै हिमालयन बैंकको ८० भन्दा बढि मर्चेन्ट पार्टनरहरु जसमा होटल, रेष्टुराँ, साहसिक खेल पर्यटन, स्थानिय कलाकृत खरिदमा विशेष छुटहरु प्राप्त गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement